default_image

6 years ago

August 24, 2019

चेल्सीको पहिलो जित

128 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगअन्तर्गत नर्विच सिटीलाई पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको छ । नर्विचको घरेलु मैदानमा चेल्सीले दुई पटक अग्रता गुमाएपनि ट्यामी अब्राहमले दुई गोल गरेपछि ३-२ को जित दर्ता गरेको हो ।

चेल्सीले खेलको तेस्रो मिनेटमा ट्यामी अब्राहमको गोलमा अग्रता लिएको थियो । कप्तान सेजार एज्पिलिक्वेटाको पासमा अब्राहमले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको तीन मिनेट नबित्दै टिमु पुक्कीको पासमा टड कान्टवेलले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।

चेल्सीका युवा मिडफिल्डर मेसन माउन्टले यसै सिजन बोरुसिया डर्टमन्डबाट चेल्सी आएका क्रिस्टियन पुलिसिकको पासमा गोल गर्दै चेल्सीलाई अगाडी बढाए । लयमा रहेका फरवार्ड पुक्कीले बुएनडीयाको पासमा गोल गर्दै खेल पुन: बराबरीमा ल्याए ।

दोस्रो हाफमा अब्राहमले चेल्सीको अग्रता पुन: स्थापना गरे । उनले माटियो कोभाचिचको पासलाई गोलमा परिणत गरेका थिए । यस जितसँगै चेल्सीले नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डको नियुक्तिपछि पहिलो जित दर्ता गरेको छ । लाम्पार्ड डर्बी काउन्टीको जिम्मेवारी छाडेर यसै सिजन चेल्सी आएका हुन् ।

यस नतिजासँगै चेल्सीले ३ खेलमा १ जित, १ हार र १ बराबरसँगै ४ अंक जोडेको छ । नर्विच भने १ जित र २ हारसँगै ३ अंकमा रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.