6 years ago
August 24, 2019
एजेन्सी – डिफेन्डर प्याट्रिक भान आनहोल्टले इन्ज्युरी समयमा गोल गरेपछि क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगको खेलमा २-१ ले पराजित गरेको छ ।

मिडफिल्डर ड्यानीएल जेम्सले निर्धारित समयको २ मिनेट समय बाँकी रहँदा बराबरी गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्यालेसविरुद्ध हार टार्ने देखिएको थियो । तर काउन्टर अट्याकमा आनहोल्टले गोल गर्दै युनाइटेडलाई जितबाट बन्चित गरे ।
जोर्डन आयुले खेलको ३२ औं मिनेटमा पाहुना टोलीलाई अग्रता दिलाएका थिए । जेफ्री स्लपको पासमा आयुले गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध पारेका थिए । दोस्रो हाफको ७० औं मिनेटमा युनाइटेडले पेनाल्टीमार्फत खेल बराबरी गर्ने अवसर पाएको थियो । तर मार्कस रासफर्डको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।
युनाइटेडको जारि लिगमा पहिलो हार पनि हो । पहिलो खेलमा चेल्सीलाई ४-० ले पराजित गरेको युनाइटेड दोस्रो खेलमा वल्भ्ससँग १-१ को बराबरीमा रोकिएको थियो । यस नतिजासँगै युनाइटेडको ३ खेलमा ४ अंक तथा क्रिस्टल प्यालेसको पनि ३ खेलमा ४ अंक नै भएको छ ।
अन्य खेलको नतिजा:
नर्विच २-३ चेल्सी
ब्राइटन ०-२ साउथह्याम्पटन
म्यानचेस्टर युनाइटेड १-२ क्रिस्टल प्यालेस
सेफिल्ड युनाइटेड १-२ लेस्टर सिटी
वाटफर्ड १-३ वेस्ट ह्याम युनाइटेड
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]