default_image

6 years ago

August 25, 2019

मेस्सी र सुआरेज नहुँदा ग्रिजमनलाई अवसर

99 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने खेलमा बार्सिलोनाले रियल बेटिसको सामना गर्दैछ । लिगको डिफेन्डीङ च्याम्पियन समेत रहेको बार्सिलोनासँग यस खेलका लागि कप्तान लिओनेल मेस्सी र अर्का फरवार्ड लुइस सुआरेज भने उपलब्ध हुने छैनन् ।

मेस्सी प्रि-सिजनको प्रशिक्षणमा फर्केको पहिलो दिन नै घाइते भएपछि त्यसयता विश्राममा छन् । बेटिसविरुद्ध खेल्ने १८ सदस्यीय टोलीमा मेस्सीको नाम समावेश गरिएको छैन । मेस्सी हाल चोटका कारण एक्लै प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षक भालभेर्डेले उनको फिटनेसलाई लिएर कुनै किसिमको जोखिम नलिने र शत प्रतिशत खेल्ने अवस्था भएपछि मात्र मैदानमा उतार्ने प्रष्ट पारेका छन् । मेस्सीले अर्को साताबाट पूर्ण प्रशिक्षणमा सहभागी हुने अपेक्षा गरिएको छ ।

मेस्सीसँगै सुआरेजको चोटले बार्सिलोनाको आक्रमण केहि फितलो हुने अनुमान गरिएको छ । ओस्मान डेम्बेले पनि शत प्रतिशत फिट नहुनुले बार्सिलोनामाथि थप समस्या आएको छ । राफिन्हाले आक्रमणमा खेल्न सक्ने हुनाले ग्रिजमन र उनीसँगै कार्लेस पेरेजले बार्सिलोनाको आक्रमण सम्हाल्ने प्रबल सम्भावना छ ।

यसै सिजन क्लब भित्रिएका ग्रिजमनलाई आफ्नो स्तर सिद्ध पार्ने यो उत्कृष्ट अवसर हो । मुख्य फरवार्डको रुपमा एटलेटिको म्याड्रिडमा आफूलाई स्थापित गरेका उनलाई नयाँ क्लबमा सुरुवातमै राम्रो अवसर मिलेको छ । उनले राम्रो प्रदर्शन गर्न सके सुआरेज र मेस्सीको चोट बार्सिलोनालाई महँगो पर्ने छैन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.