default_image

10 years ago

June 5, 2016

के यो फुटबल विवादको औपचारिक अन्त्य हो त?

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुलटबल संघविरुद्धको मुद्दा फिर्ता भएपछि पछिल्लो दुई बर्षदेखिको नेपाली फुटबलको आन्तरिक विवाद तत्कालका लागि औपचारिक रुपमै अन्त्य भएको छ ।

Karma Narendra ANFA

तीन उपाध्यक्ष र सदस्यले आफ्नो पुर्नबहाली भएको भोली पल्टै पुनरावेदन अदालत पाटनमा दायर गरेको मुद्दा फिर्ता लिएपछि फुटबलको वैद्यानिक विवाद अहिलेका लागि समाधान भएको हो । फिफाको निर्देशनपछि एन्फाले जेठ १९ गतेको बैठकबाट उपाध्यक्षत्रय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर , किशोर राई र सदस्य पंकज नेम्बाङलाई पुर्नबहाली गरेको थियो । त्यसको भोली पल्ट शुक्रबार शर्पा समूहले दायर गरेको मद्दा फिर्ता गरेको थियो ।

‘हाम्रो पछिल्लो मुद्दा भनेको पुर्नबहाली थियो । त्यो पुरा भएसँगै मुद्दाको औचित्य समाप्त भएको छ’ एन्फाविरुद्ध अभियानको नेतृत्व गरेका शेर्पाले भने,‘अब सबै मिलेर अघि बढ्ने र फुटबलको विकास हाम्रो लक्ष्य हुनेछ ।’ गत बर्ष भदौ १६ गतेका लागि डोकेको साधारण सभामा आफुहरुलाई खबर नगरेको भन्दै शेर्पा समूहले पुनरावदेनमा मुद्दा दायर गरेको थियो । पुनरावेदनले सबैलाई सहभागि गराएर मात्र साधारण सभा गर्न आदेश दिएको थियो ।

तर, एन्फाले सबैलाई समेट्नुको सट्टा साधारण सभा नै गरेन । पछिल्लो पटक वैशाख २७ गते फिफाले निर्वाचित तीन उपाध्यक्ष र सदस्यलाई पुर्नबहाली गर्न, अढाई बर्षदेखि हुन नसकेको साधारण सभा छिटो गर्न र त्यहिबाट एन्फा अध्यक्षको निर्वाचन गर्न निर्देशन दिएको थियो । त्यो निर्देशनले लामो विवादको अन्त्य भएको छ । संस्थापनले आफैले गत बर्ष असोज ११ गते बर्खास्त गरेका पदाधिकारी र सदस्यलाई पुर्नबहाली गरेको छ भने असन्तुष्ट पक्षले मुद्दा फिर्ता लिएको छ ।

पुर्नबहालीपछि शेर्पा समूहले साधारण सभा छिटो गर्न एन्फामा प्रस्ताव गर्ने सम्भावना छ । मुद्दा फिर्तापछि शेर्पाले भनेको छन्, ‘ फिफाको निर्देशनको एउटा बुदा पालना भएको र अब अर्को बुदा पालना गर्न पर्दछ । हाम्रो भूमिका अब त्यसैमा केन्द्रित रहन्छ । ’ एन्फा अध्यक्ष गणेश थापामाथि फिफाको एथिक्स कमिटिले १० बर्षको प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेपछि अध्यक्षको निर्वाचन गर्न दबाब दिदै आएको छ । फिफाको अपिल कमिटीले थापाको अपिललाई पूर्ण रुपमा खारेज गरेको दुई सातापछि फिफाले एन्फा अध्यक्षको निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.