default_image

6 years ago

September 8, 2019

१५ मिनेटमै ‘साम्बा’को २ गोल

366 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल सावित्रा भण्डारी ‘साम्बा’ को गोलमा नेपालले आयोजक किर्गिस्तानसँगको खेलमा अग्रता लिएको छ । सम्बाले १५ मिनेटमै दुई गोल गर्दै टोलीलाई मजबुत अवस्थामा पुर्याएकी छिन् । खेलको २० औं मिनेटसम्ममा नेपालले २–१ को अग्रता लिएको छ ।

पहिलो खेल तेस्रो मिनेटमा गरेकी साम्बाले अर्को गोल १५ औं मिनेटमा गरिन् । किर्तिस्तानले १९ औं मिनेटमा गोल फर्काएको थियो । नादेझ्दा कपमा सहभागी चार देशका टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्नेछ ।

नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ । भदौ २३ गते उज्वेकिस्तानसँग खेलेपछि नेपालले त्यसको भोली पल्ट भदौ २४ गते ताजिकिस्तानको सामना गर्नेछ । राउन्ड रोविन लिग पछि भदौ २६ गते शीर्ष २ टोलीले उपाधिका लागि र त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.