6 years ago
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)–स्टार फरवार्ड सावित्रा भण्डारी एक्लैले ४ गोल गरेपछि किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा सावित्राले ४, अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले समान १-१ गोल गरे । तेस्रो मिनेटमा कप्तान निरुको पासमा गोलको खाता खोलेकी सावित्राले १५ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । किर्गिस्तानले १९ औं र २२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएपनि नेपालको गोलवर्षा भने रोक्न असमर्थ रहयो ।
२५ औं मिनेटमा दीपाले गोल गरेपछि नेपालले पुन: अग्रता लियो । सावित्राले ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्ने क्रममा नेपालको २ गोलको अग्रता पुन: स्थापना गरिन् । सावित्राकै पासमा अनिताले ३४ औं र अनिताको पासमा निरुले ३७ औं मिनेटमा गोल गर्दै नेपाललाई फराकिलो अग्रता दिलाए ।
पहिलो हाफमा फराकिलो अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि आक्रमण जारी राख्यो । खेलको ५३ औं मिनेटमा सावित्राले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै नेपाललाई ५ गोलले अगाडी पुर्याइन । ८८ औं मिनेटमा मन्जलीकुमारी योन्जनको प्रहार पोस्टमा लागेर बाहिरिंदा नेपालले अग्रता बढाउन सकेन । निर्धारित समयको अन्तिम मिनेटमा अनिता बस्नेतले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै नेपालको फराकिलो जित सुनिश्चित गरिन् ।
यसअघि आजै भएको पहिलो खेलमा उज्बेकिस्तानले ताजिकिस्तानमाथि १२-० को फराकिलो जित दर्ता गरेको थियो । पहिलो चरणको खेल सकिंदा उज्बेकिस्तान शीर्षस्थानमा छ भने नेपाल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।
नादेझ्दा कपमा सहभागी चार देशका टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्नेछ । नेपालले भोली हुने खेलमा उज्वेकिस्तानसँग खेलेपछि पर्सी मंगलबार ताजिकिस्तानको सामना गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले बिहीबार उपाधिका लागि खेल्नेछन् । तेस्रो स्थानको खेल पनि बिहिबारनै हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]