default_image

6 years ago

September 10, 2019

नेपाल र ताजिकस्तान – पहिलो हाफमा गोलरहित बराबरी

306 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– किर्गिस्तान जारी नादेझ्दा कप महिला फुटबल अन्तर्गत नेपाल र ताजिकिस्तानबीच पहिलो हाफ गोलरहित बराबरी टुंगिएको छ । यो खेलले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ ले हराउँदै नेपालले दमदार सुरुवात गरेको थियो । तर नेपाल दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो । अहिलेको खेल बराबरीमा टुंगिएको खण्डमा नेपाल अन्तिम दुईमा पुग्नेछ ।

नेपाललाई हराउन सके ताजिस्तान फाइनल पुग्नेछ । ताजकिस्तानले प्रतियोगितामा कमजोर सुरुवात गरेको थियो । ताजकिस्तानले पहिलो खेल नतिजा उज्वेकिस्तानलाई १२ –० को नतिजा सुम्पेको थियो । दोस्रो खेलमा ताजिकस्तानले किर्गिस्तानलाई २–१ ले हराएको थियो । आजै हुने दोस्रो खेलमा शीर्षस्थानमा रहेको उज्वेकिस्तानले आयोजक किर्गिस्तानको सामना गर्नेछ ।

उज्वेकिस्तानले यअघि दुवै खेल जितेको थियो । किर्गिस्तानले भने दुवै खेल गुमाइसकेको छ । प्रतियोगितामा ४ टोलीको सहभागिता छ । राउन्ड रोविन लिग पछि शीर्ष दुई स्थानमा रहेका टोलीले फाइनल खेल्नेछन् । बाँकी दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.