6 years ago
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोली किर्गिस्तान जारी नादेझ्दा कप को फाइनलम पुगेको छ । ताजकिस्तानलाई मंगलबार १–० ले हराउँदै नेपाल अन्तिम उपाधि नजिक पुगेको हो । नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो ।
८५ औं सावित्रा भण्डारी सम्बाको गोलमा नेपाल विजयी भएको हो । गिता रानाको फ्रिकिकलाई सम्बाले हेडमार्फत गोल गरेकी थिइन । त्यहि गोल खेलको निर्णायक बन्यो । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो । किर्गिस्तानविरुद्धको पहिलो खेलमा उनले ४ गोल गरेकी थिइन् । अब नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।
रोविन्ड रोविनको अन्तिम खेल आजै उज्वेकिस्तान र आयोजक किर्गिस्तानबीच हुनेछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ ले हराउँदै नेपालले दमदार सुरुवात गरेको थियो । तर नेपाल दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।
ताजकिस्तानले प्रतियोगितामा कमजोर सुरुवात गरेको थियो । ताजकिस्तानले पहिलो खेल नतिजा उज्वेकिस्तानलाई १२ –० को नतिजा सुम्पेको थियो । दोस्रो खेलमा ताजिकस्तानले किर्गिस्तानलाई २–१ ले हराएको थियो ।
प्रतियोगितामा उज्वेकिस्तान सबैभन्दा बलियो टोलीका रुपमा रहेको छ । ताजिकस्तानलाई १२–० ले हराएको उज्वेकिस्तानले नेपाललाई २–० ले पराजित गरेको थियो । त्यस्तै आयोजक किर्गिस्तान अरु भन्दा कमजोर देखिएको छ ।
नेपालसँग ८–२ ले पराजित आयोजक टोलीले ताजिकस्तानसँगको खेल २–१ गुमाएको थियो । राउन्ड रोविन पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । त्यस्तै बाँकी दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]