default_image

5 years ago

September 10, 2019

‘ब्राजिलले पनि ७ गोल खाएको उदाहरण छ’ – प्रशिक्षक कालिन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ कतारको दोस्रो चरण छनोटको दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्यो । दुवै हाफमा अन्जन विष्टले १-१ गोल गरेपछि नेपाली टोलीका प्रशिक्षक योहान कालिनले पोस्ट म्याच कन्फरेन्समा दिएको प्रश्न र त्यसको उत्तर यसप्रकार छन् । आजको खेलको बारेमा भनिदिनुहोस् । – पछिल्लो नतिजापछि […]

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ कतारको दोस्रो चरण छनोटको दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्यो । दुवै हाफमा अन्जन विष्टले १-१ गोल गरेपछि नेपाली टोलीका प्रशिक्षक योहान कालिनले पोस्ट म्याच कन्फरेन्समा दिएको प्रश्न र त्यसको उत्तर यसप्रकार छन् ।

आजको खेलको बारेमा भनिदिनुहोस् ।

– पछिल्लो नतिजापछि हामीलाई राम्रो प्रदर्शन अत्यावश्यक थियो । आज जुन किसिमको प्रदर्शन हामीले पायौं त्यसले नतिजा पनि दिलायो । खेलाडीहरुले निकै राम्रो खेले । म आजको प्रदर्शन र नतिजालाई लिएर एकदम खुसी छु ।

खेलमा योजना कसरी बनाउनुभयो ?

– हामीले केहि महिनाअघि मात्र ताइपेइसँग खेलेका थियौं । हामीले पछिल्लो खेलपछि आफ्नो योजनामा बढी ध्यान दिनुपर्ने थियो । हामीलाई थाहा थियो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । हाम्रो मुख्य योजना आफ्नो खेलमा मात्र ध्यान दिनु थियो र त्यसमा हामी सफल भयौं ।

पछिल्लो खेलमा पनि सेट पिसमा गोल भएको थियो, आज पनि त्यसै भयो । के तपाईंको विशेष रणनीति यहि थियो ?

– त्यस्तो त होइन । तर हामीले पाएको सानो अवसर पनि सदुपयोग गर्नुपर्छ । हामी समूहको कमजोर टोली हौं र यस्तो अवस्थालाई सदुपयोग गर्नुपर्छ । हामीले प्रशिक्षणमा पनि सधैं यसमा ध्यान दिने गरेका छौं । आज सहि ठाउँमा बल पुग्यो र कुदाइ पनि मिल्यो । तर मैले विशेष रणनीति भने बनाएको छैन ।

पहिलो खेलमा फराकिलो हार बेहोरेपछि यस खेलमा पुनरागमन गर्न कसरि सकियो ?

– मुख्य कारण भनेको हामीले निकै मिहिनेत गरेर खेल्यौं । कुवेतविरुद्ध हामी हतोत्साहित भएर खेल्यौं । हामीले हिजो छलफलका क्रममा धेरै सोच्यौं । विश्वकप दौरान ब्राजिलले ७ गोल खाएको पनि देखेको हौं । हामीले अब कुवेतको खेल बिर्सेर अगाडी बढ्नुपर्छ । त्यस खेलको गल्ति सुधारेर बलियो हुनुपर्छ । त्यस खेलले हामीलाई पाठ भने सिकाएको छ ।

अन्जनलाई पहिलो खेल नखेलाउनु गल्ति हो ?

– हामीले ७ गोल खाएर हारेका थियौं । दोष लगाउन त मिल्ला तर खेल फरक हुन्छ । हामीले उक्त खेलमा डिफेन्स गर्न सकेका थियानौं । आजको खेलमा सुध्रिएको छ ।

नेपालले पहिलो जित दर्ता गरको छ, कस्तो लागेको छ?

– खुसी छु । तर हामी लामो यात्रा तय गर्न आएका हौं । हामी एक एक खेललाई हेरेर अगाडी बढ्नेछौँ । अब बाँकी खेल पनि राम्रो प्रदर्शन गर्नुपर्छ । हाम्रो योजना मुर्तरुप लिन लामो समय लाग्छ । समर्थकहरुलाई छिट्टै नतिजा चाहिन्छ तर अब केहि धैर्य हुनुपर्छ । जित हात पार्दा सधैं खुसी नै हुन्छौं । अब आउने दिनमा नि यसै प्रदर्शन अपेक्षा गर्दछु ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.