default_image

5 years ago

September 11, 2019

कतारको घरेलु मैदानमा भारतलाई अंक

एजेन्सी – विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा भारतले कतारको घरेलु मैदानमा गोलरहित बराबरसंगै पहिलो अंक जोड्न सफल भएको छ। दोहा स्थित जसिम बिन हमद रंगशालामा भएको खेलमा एसियन च्याम्पियन कतारलाई गोलरहित रोक्न भारतीय गोलकिपर गुर्प्रित सिङ्गले उच्च प्रदर्शन गरे। खेल अवधीमा २७ प्रहार गरेको कतारलाई गुर्प्रितको केहि उत्कृष्ट बचाउले रोक्यो भने कतारी फरवार्डहरुले केही […]

43 views

0 Bookmark

एजेन्सी – विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा भारतले कतारको घरेलु मैदानमा गोलरहित बराबरसंगै पहिलो अंक जोड्न सफल भएको छ।

gurpreet

दोहा स्थित जसिम बिन हमद रंगशालामा भएको खेलमा एसियन च्याम्पियन कतारलाई गोलरहित रोक्न भारतीय गोलकिपर गुर्प्रित सिङ्गले उच्च प्रदर्शन गरे। खेल अवधीमा २७ प्रहार गरेको कतारलाई गुर्प्रितको केहि उत्कृष्ट बचाउले रोक्यो भने कतारी फरवार्डहरुले केही राम्रो अवसरको सदुपयोग गर्न सकेनन।

घरेलु मैदानमा ओमानविरुद्धको हारमा गोल गरेका भारतका नियमित कप्तान सुनील क्षेत्री अस्वस्थताका कारण नखेल्दा गुर्प्रितले आर्म ब्याण्ड लगाउने अवसर पाएका थिए।

खेलमा गोल गर्ने थुप्रै अवसर गुमाएको कतारका ८५ औं मिनेटमा अब्देलक्ररीम हसनको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो। २०१९ मा कतार कुनै पनि एसियन टोलीसँग हार बेहोरेको छैन। एसिया कप उपाधी जित्ने क्रममा फाइनलमा कतारले जापानलाई ३ -१ ले पराजित गरेको थियो।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत अघिल्लो खेलमा कतारले अफघानिस्तानलाई ६-० को फराकिलो अन्तरले पछि पारेको थियो। समूहको अन्य खेलमा आजै अफघानिस्तानले बंगलादेशलाई १-० ले पछि पार्यो।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.