default_image

5 years ago

September 5, 2019

भारत घरेलु मैदानमा पराजित

एजेन्सी – कतारमा सन् २०२२ मा हुने विश्वकप अन्तर्गत दोस्रो चरण छनोटको पहिलो खेलमा भारत घरेलु मैदानमा ओमानसँग २-१ ले पराजित भएको छ । खेलको पहिलो हाफमा अग्रता लिएको भारतले दोस्रो हाफको अन्तिम समयमा २ गोल खाएपछि हार बेहोरेको हो । कप्तान सुनिल क्षेत्रीले २५ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । फ्रिकिकमा […]

20 views

0 Bookmark

एजेन्सी – कतारमा सन् २०२२ मा हुने विश्वकप अन्तर्गत दोस्रो चरण छनोटको पहिलो खेलमा भारत घरेलु मैदानमा ओमानसँग २-१ ले पराजित भएको छ ।

खेलको पहिलो हाफमा अग्रता लिएको भारतले दोस्रो हाफको अन्तिम समयमा २ गोल खाएपछि हार बेहोरेको हो । कप्तान सुनिल क्षेत्रीले २५ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । फ्रिकिकमा क्लियर हुन नसकेको बललाई उनले पेनाल्टी क्षेत्रभित्रबाट गोलमा परिणत गरेका थिए ।

गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा दोस्रो हाफको ८३ औं मिनेटमा रबिया अल मान्धरले ओमानलाई बराबरीमा ल्याए । रबियाले नै खेलको अन्तिम मिनेटमा गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारेका थिए ।

भारत र ओमान सम्मिलित समूह यसपटक विश्वकप छनोटकै सबैभन्दा खुला समूह मानिएको छ । विश्वकप आयोजक कतार, अफगानिस्तान र बंगलादेश रहेका यस समूहमा भारतको यो हार समग्र छनोट यात्रामा निकै महँगो सावित हुन सक्छ ।

नेपालले विश्वकप छनोटको पहिलो खेलमा आज १०:४५ बजे कुवेतको सामना गर्नेछ ।

यो पनि : कुवेतविरुद्ध नेपालको सम्भावित ११

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.