default_image

5 years ago

September 11, 2019

सहज जितका बाबजुद फ्रान्स दोस्रो स्थानमै

एजेन्सी – विश्व विजेता फ्रान्स युरोकप छनोटमा समूह ‘एच’ मा दोस्रो स्थानमा यथावत रहेको छ । मंगलबार राति घरेलु मैदानमा फ्रान्सले एन्डोरामाथि ३–० को सहज जित निकालेको हो । फ्रान्सको जितमा किङ्सले कोमान, क्लेमेन्ट लेङलेट र विसाम विन यडरले गोल गरे । खेलको १८औं मिनेटमा कोमानको गोलबाट फ्रान्स खेलमा अघि बढेको थियो । २८औं मिनेटमा […]

32 views

0 Bookmark

एजेन्सी – विश्व विजेता फ्रान्स युरोकप छनोटमा समूह ‘एच’ मा दोस्रो स्थानमा यथावत रहेको छ । मंगलबार राति घरेलु मैदानमा फ्रान्सले एन्डोरामाथि ३–० को सहज जित निकालेको हो । फ्रान्सको जितमा किङ्सले कोमान, क्लेमेन्ट लेङलेट र विसाम विन यडरले गोल गरे ।

खेलको १८औं मिनेटमा कोमानको गोलबाट फ्रान्स खेलमा अघि बढेको थियो । २८औं मिनेटमा एन्टोइन ग्रिजमन पेनाल्टीमा चुक्दा फ्रान्सले अग्रता दोब्बर बनाउने मौका खेर फाल्यो । उनको प्रहार गोलरक्षक जोसेप गोमेसले बचाए । ग्रिज्मनले फ्रान्सको पछिल्लो खेलमा पनि पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । शनिबार अल्बानियाविरुद्ध खेलमा उनको प्रहार क्रसबारमा लागेको थियो ।

पहिलो हाफमा १-० ले अगाडि रहेको फ्रान्सले ५२औं मिनेटमा क्लेमेन्ट लेङलेटले गोलमा अग्रता दोब्बर पार्यो । उनले ग्रिज्मनको क्रसमा हेडर गोल गरेका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा यासिन विन यडले गोल गर्दै फ्रान्सलाई ३–० को जित दिलाए । नबिल फेकिरको प्रहारलाई गोलरक्षक गोमेसले बचाउने प्रयास असफल भएपछि आएको रिबाउन्डमा उनले गोल गरे ।

एक खेलमा पराजित भएको फ्रान्सको ६ खेलबाट १५ अंक रहेको छ । समान ६ खेलबाटै टर्कीको १५ अंक छ । हेड टु हेडका आधारमा टर्की शीर्षस्थानमा छ । टर्कीले मंगलबार राति नै माल्दोभालाई ४–० ले पराजित गरेको थियो । यही समूहमा अल्वानियाले आइसल्यान्डलाई ४–२ ले पराजित गरेको छ । समान ६ खेलमा आइसल्यान्डको १२ र अल्बानियाको ९ अंक रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.