default_image

5 years ago

September 11, 2019

अर्जेन्टिनाको जितमा लौटारोको ह्याट्रिक

एजेन्सी – फरवार्ड लौटारो मार्टिनेजले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई ४-० ले पराजित गरेको छ । खेलको सबै गोल पहिलो हाफमा नै सम्भव भएको थियो । लौटारोले खेलको १७ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले २२ औं मिनेटमा अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा लिआन्द्रो पारेडेसले पेनाल्टीमा गोल […]

47 views

0 Bookmark

एजेन्सी – फरवार्ड लौटारो मार्टिनेजले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई ४-० ले पराजित गरेको छ । खेलको सबै गोल पहिलो हाफमा नै सम्भव भएको थियो ।

लौटारोले खेलको १७ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले २२ औं मिनेटमा अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा लिआन्द्रो पारेडेसले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता ३-० ले बढाए । ३९ औं मिनेटमा लौटारोले आफ्नो ह्याट्रिक पूरा गरे ।

मुख्य फरवार्ड लिओनेल मेस्सीको अनुपस्थितिमा इन्टर मिलानबाट खेल्दै आएका लौटारोले उत्कृष्ट प्रदर्शन गरे । प्रशिक्षक लिओनेल स्कालोनीले उनलाई पहिलो हाफमा ह्याट्रिक गरेपनि दोस्रो हाफमा भने मैदानमा उतारेनन् । उनको स्थानमा पाउलो डिबालाले दोस्रो हाफ खेलेका थिए । लौटारोले अर्जेन्टिनाका लागि १२ खेल खेल्दै ६ गोल गरिसकेका छन् ।

खेल अवधिभर अर्जेन्टिनाले मेक्सिकोलाई पूर्ण दबाबमा राखेको थियो । मेक्सिकोका लागि गोलको एकमात्र आक्रमण हर्भीङ लोजानोले ९० औं मिनेटमा गरेका थिए । अर्जेन्टिनाका लागि गोलरक्षक एस्टेबान अन्द्रादाले त्यसबाहेक कुनै प्रहारमा मिहिनेत नै गर्नु परेन । मेक्सिकोले आफ्नो पहिलो रोजाईको टोली उतारेपनि अर्जेन्टिनाको दोस्रो रोजाईको टोलीलाई समस्या दिन सकेन ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.