default_image

5 years ago

September 11, 2019

यू–१६ टोली जोर्डन जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोली एएफसी यू–१६ च्याम्पियनसिपको छनोट खेल्न जोर्डन जाने भएको छ । बिहीबार बिहान जोर्डन जाने २३ खेलाडीसहित ३१ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले विदाई गरे । सन् २०२० मा […]

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोली एएफसी यू–१६ च्याम्पियनसिपको छनोट खेल्न जोर्डन जाने भएको छ ।

बिहीबार बिहान जोर्डन जाने २३ खेलाडीसहित ३१ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले विदाई गरे । सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् ।

नेपालले २८ भदौमा घरेलु टोली जोर्डनसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । ३० भदौमा कुवेत, ३ असोजमा ताजकिस्तानसँग तथा ५ असोजमा श्रीलंकासँग खेल्ने तालिका छ । शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छ । प्रतियोगिताको लागि मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतमा आयोजना भएको साफ यू–१५ उपविजेता टिमबाट ३ खेलाडी कप्तान प्रदिप लम्साल, गोलरक्षक ईश्वर गुरुङ र अशिम राईलाई उमेर बढी भएको कारण देखाउदै टिम बाहिर राखेका छन् ।

नेपाली टोली :

गोलरक्षक– मनोज दाहाल, जिनियस केसी र पाथुङ हाङ नेम्वाङ

डिफेन्डर –अजय चौधरी, अभिषेक वाईवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ र आमिर हमिद

मिडफिल्डर – नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मे जय धामी, विपिन तुम्सिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई र निराजन खत्री

फरवार्ड – सशांक बोहरा, सुगम जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा र दिपेश राई

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.