default_image

6 years ago

September 12, 2019

नेपाल नादेझ्दा कपको उपविजेता!

322 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनलमा पराजित हुँदै उपविजेता बनेको छ । उपाधि भिडन्तमा नेपाल उज्बेकिस्तानसँग ३-२ ले पराजित भयो ।

उज्बेकिस्तानले खेलको ३९ औं मिनेटमा अग्रता लिएको थियो । मिडफिल्डबाट आएको लामो पास नेपाली डिफेन्डर पुनम जर्घामगरले क्लियर गर्ने प्रयास गर्दा उज्बेकी खेलाडीको खुट्टामा पुगेको थियो । त्यसपछिको पासलाई नेपाली डिफेन्सले बुझ्न नसक्दा वन भर्सेस वनमा गोल गर्दै उज्बेकिस्तान अगाडि बढेको थियो ।

पहिलो हाफमा १-० को अग्रता लिएको उज्बेकिस्तानले दोस्रो हाफको सुरुवातमै अग्रता अझै बढायो । नेपाली डिफेन्स पोजिसनमा नरहेको फाइदा उठाउँदै उज्बेकिस्तानले ५४ औं मिनेटमा अग्रता दोब्बर पार्यो । ६४ औं मिनेटमा फेरी पनि उज्बेकिस्तानले उत्कृष्ट पासको नमुना देखाउँदै ३-० को अग्रता लियो ।

नेपालका लागि सावित्रा भण्डारीले ६७ औं मिनेटमा गोल फर्काइन् । सरु लिम्बु र सावित्राबीच उत्कृष्ट वन-टु पासमा बढेको मुभलाई सावित्राले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै अग्रता घटाएकी थिइन् । ८६ औं मिनेटमा पनि सरुको पासमा सावित्राले गोल गर्ने अवसर पाएकी थिइन् । तर बलमा राम्रो नियन्त्रण हुन नसक्दा डिफेन्सले दबाब दिँदै उनलाई प्रहार गर्ने मौका दिएनन् ।

इन्ज्युरी समयको पहिलो मिनेटमा सावित्राले पेनाल्टीमा गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । अनिता बस्नेतको प्रहारले उज्बेकी डिफेन्डरको हातमा लागेपछि नेपालले पेनाल्टीको मौका पाएको थियो । तर थप समयमा गोल हुन नसक्दा नेपाल उपविजेतामा सिमित भयो ।

नेपाल यस हारसँगै आठौं पटक फाइनलमा पुगेर उपाधिविहिन बनेको छ । यसअघि ६ पटक भारत र १ पटक म्यानमारसँग नेपाल फाइनलमा पराजित भएको थियो । पछिल्लोपटक नेपाल विराटनगरमा आयोजित साफ च्याम्पियनसिपमा भारतसँग फाइनलमा पराजित भएको थियो । त्यसअघि भारतको कोलकातामा भएको हिरो गोल्डकपमा म्यानमार नेपालको लागि बाधक बनेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.