6 years ago
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा नादेझ्दा कपकी सर्वाधिक गोलकर्ता बनेकी छिन् । उज्वेकिस्तानविरुद्ध बिहीबारको फाइनलमा सावित्राले २ गोल गरेपनि नेपाल ३–२ ले पराजित भएको थियो । चार राष्ट्रको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविनमा पनि नेपाल उज्वेकिस्तानसँग नै पराजित भएको थियो ।
सावित्रा ७ गोल सहित नादेझ्दाकी सर्वाधिक गोलकर्ता बनेकी हुन् । उनले ४ खेलमा ७ गोल गरेकी हुन् । उनले प्रतिद्धन्द्धि तीन टोलीविरुद्ध गोल गरिन् । किर्गिस्तानविरुद्ध ८–२ को जितमा उनले ४ गोल गरेकी थिइन् । दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो । तेस्रो खेलमा ताजकिस्तानलाई १–० ले हराउँदा सावित्राले नै गोल गरेकी थिइन् ।
यहि प्रतियोगिताबाट सम्बाले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडी अनु लामाको कीर्तिमानसँग बराबर गरेकी छिन् । अनु र सावित्राको गोलसँख्या समान ३५ छ । पुरुष खेलाडीको हकमा भने अहिले महिला टोली प्रशिक्षक हरि खड्का र नीराजन रायमाझीको नाममा सर्वाधिक गोल छ । दुवैले समान १३ गोल गरेका छन् ।
सावित्रा गत चैतमा विराटनगमार भएको पाँचौं महिला साफ च्याम्पियनसिपको संयुक्त सर्वाधिक गोलकर्ता बनेकी थिइन् । सावित्रा र भारतीय फुटबल टोलीकी इन्दुमति कासिरेथान संयुक्त उच्च गोलकर्ता बनेका थिए । च्याम्पियनसिपमा दुवैले समान ४ गोल गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]