default_image

5 years ago

September 17, 2019

महिला टोली किंग्स लाउन्जद्वारा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा सम्पन्न नादेझ्दा कपमा उपविजेता बन्न सफल नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई दरबारमार्गस्थित किंग्स लाउन्जले सोमबार सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूभन्दा माथिल्लो वरीयताका टोलीलाई कडा चुनौती दिंदै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा राख्न सफल भएको भन्दै लाउन्जले सम्मान गरेको थियो । आगामी दिनमा पनि उच्च मनोबलसहित सफलता हात पार्न लाउन्जका […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा सम्पन्न नादेझ्दा कपमा उपविजेता बन्न सफल नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई दरबारमार्गस्थित किंग्स लाउन्जले सोमबार सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूभन्दा माथिल्लो वरीयताका टोलीलाई कडा चुनौती दिंदै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा राख्न सफल भएको भन्दै लाउन्जले सम्मान गरेको थियो । आगामी दिनमा पनि उच्च मनोबलसहित सफलता हात पार्न लाउन्जका संचालक कुमार गुरुङले बताए ।

कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, मुख्य प्रशिक्षक हरि खड्का लगायत अफिसियलहरु पनि उपस्थित रहेका थिए । नेपालले फाइनलमा उज्बेकिस्तानसँग ३-२ को हार बेहोर्दै उपविजेता बनेको थियो । समूह चरणमा भने नेपालले किर्गिस्तान र ताजिकिस्तानलाई हराएको थियो । नेपाली टोली हाल दक्षिण एसियाली खेलकुदको तयारीमा व्यस्त छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.