6 years ago
September 20, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नभएकै कारण रियल म्याड्रिडलाई हराउन सकेको प्रशिक्षक थोमस टुचेलले बताएका छन् । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको पहिलो खेलमा बुधबार पिएसजीले रियललाई ३–० ले हराएको थियो ।
जसमा टोलीका स्टारत्रय नेयमार, केलियन एमबाप्पे र इन्डिन्सन काभानी खेलेका थिएनन् । नेयमार प्रतिबन्ध तथा काभानी र एमबाप्पे चोटका कारण खेलमा उपलब्ध हुन सकेनन् ।
सुपर स्टार त्रय नहुँदा टोलीका अन्य खेलाडीलाई राम्रो खेल्नु पर्ने दबाब परेको उल्लेख गर्दै प्रशिक्षक टुचेलले भने,’ हरेक खेलाडीलाई रियल विरुद्ध जित्नुपर्छ भन्ने भयो । त्यसमा माथि सुपर स्टारहरु नहुँदादबाब हरेक खेलाडीले लिए । मलाई लाग्छ काभानी, नेयमार र एमबाप्पले नहुनुले पनि टोलीलाई सहयोग पुग्यो । ‘
टोलीका कप्तान थिएगो सिल्भा अहिले च्याम्पियन्स लिग उपाधिका बारेमा सोच्ने बेला नभएको र आउने खेलमा पनि यसरी नै खेल्न आवश्यक रहेको औल्याएका छन् । ‘हामीले युरोपका अन्य टोलीलाई अहिले कुनै सन्देश दिइएका होइनन् । हो हामीले खेल नियन्त्रणमा राख्यौं । तयारी राम्रो थियो, त्यहि अनुसार प्रदर्शन पनि गर्न सक्यौं,’ सिल्भाले भने, ‘हामीले यो प्रदर्शनलाई लिगमा पनि जारी राख्न सक्नुपर्दछ । हरेकले आफ्नो क्षमता र प्रतिबद्धतालाई आउने दिनमा पनि देखाउनुपर्दछ ।’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]