default_image

6 years ago

September 20, 2019

नेपाल माल्दिभ्ससँग बराबरीमा राेकियो

155 views

0 Bookmark

काठमाडाैं (हाम्राे खेलकुद) – डिफेन्डिङ च्याम्पियन नेपाल साफ यु-१८ पुरुष फुटबल च्याम्पियनसिपकाे पहिलाे खेलमा माल्दिभ्ससँग बराबरीमा राेकिएकाे छ ।

हल्चाेकस्थित नेपाल एपीएफ क्लबकाे खेल मैदानमा शुक्रबार भएकाे पहिलाे खेलमा नेपाल माल्दिभ्ससँग १-१ गाेलकाे बराबरीमा राेकिएकाे हाे । पहिलाे हाफमै पछि परेकाे नेपालले दाेस्राे हाफमा पुनरागमन गाेल गरेकाे हाे । नेपालका मनिष डाँगीले बराबरी गाेल फर्काए ।

दाेस्राे हाफमा नेपालले आधा दर्जन गाेलकाे प्रयास गरेपनि माल्दिभ्सका गाेलरक्षक हसन अलिफले उच्च प्रदर्शन गरेपनि नेपालकाे लगातारकाे आक्रमणलाई जाेगा । खेलकाे १३अाैं मिनेटमा माल्दिभ्सले पेनाल्टी गाेलमार्फत अग्रता लिएकाे थियो । पेनाल्टी बक्समा राेशन दाेङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा कप्तान अाफैले सहजै गाेल गरेका थिए ।

त्यसअघि खेलकाे दाेस्राे मिनेटमा नेपालले गाेल गरेपनि रेफ्रीले अफसाईड दिए । राेशन दाेङकाे फ्रिकिकमा ब्रिजेश चाैधरीले गाेल गरेपनि अफसाईड हुन पुगेका थिए । २०अाैं मिनेटमा ब्रिजेश वान भर्सेस वानमा चुक्दा नेपाल बराबरीबाट चुक्याे । उनकाे पहिलाे प्रहार गाेलरक्षकले बचायाे । दाेस्राे प्रयास गाेलरक्षकले बचाईदिए । ३४ अाैं मिनेटमा कप्तान हसनकाे बक्स बाहिरकाे प्रहार दाेस्राे बारबाट थाेरै बाहिरियाे । ४१अाैं मिनेटमा मनिष डाँगीकाे प्रहार गाेलरक्षकले सहजै बचाए ।

४९अाैं मिनेटमा हसन लवकाे प्रहार पाेस्टबाट थाेरै बाहिरियाे ।
५३अाैं मिनेटमा नितिन थापाकाे प्रहार अाकासियाे । ५९अाैं मिनेटमा कप्तान जय गुरुङकाे पासमा ब्रिजेश चाैधरीकाे हेड पाेस्टबाट थाेरै बाहिरिदा नेपाल बराबरीबाट चुक्याे । ६३अाैं मिनेटमा कप्तान जय गुरुङकाे झन्डै २० यार्ड टाढाकाे प्रहारलाई गाेलरक्षक हसन अलिफले मुस्किलले बचाए ।

६६अाैं मिनेटमा ब्रिजेश चाैधरीकाे पासमा मनिष डाँगीले एकल प्रयासमा पहिलाे बार च्यापेर गरेकाे प्रहार गाेलरक्षकले सहजै बचाए । ७१अाैं मिनेटमा नितिन थापाकाे प्रहार क्रसबारमा लाग्दै फर्कदा नेपाल बराबरीबाट चुक्याे । लगातार पाेस्ट अाक्रमण बुनेकाे नेपालका लागि मनिष डाँगीले ७४अाैं मिनेटमा बराबरी गाेल फर्काए । दाेस्राे हाफमा माल्दिभ्सले नेपालकाे पाेस्टमा एक अाक्रमण मात्रै बुन्याे ।

इन्ज्युरी समयमा ब्रिजेशकाे प्रयास गाेल रक्षकले बचाए ।त्यसपछि दुवै टाेलीबाट थप गाेल निस्कन नसक्दा खेल १-१ गाेलकाे बराबरीमा सकियाे ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.