6 years ago
September 21, 2019
एजेन्सी – नेयमारलाई पुनः क्लबमा फर्काउन बार्सिलोनाले आफ्नोतर्फबाट हर सम्भव कोशिस गरेको क्लबका सिइओले बताएका छन् । तर, पेरिस सेन्ट जर्मेन (पिएसजी) ब्राजिलियन सुपर स्टारलाई बेच्न तयार नरहेका कारण सम्झौता हुन नसकेको बार्सिलोनाका सिइओ ओस्कार ग्राउले उल्लेख गरेका छन् ।
नेयरमालाई फर्काउनका लागि दुई पटक सम्म पिएसजीसँग प्रस्ताव गरेको सिइओ ग्राउले सञ्चारमाध्यमसँग प्रष्ट पारेका छन् । तर लिग वान च्याम्पियन टोलीले उनलाई बेच्न चासो नदेखाएको उनको भनाई थियो ।
‘हामीले आफ्नो तर्फबाट हरसम्भव कोसिस गरेका थियौं । नेयमारलाई पुनः क्लबमा लिनका लागि हामीले दुई पटक सम्म प्रस्ताव राखेका थियौं, ‘ उनले भने, ‘हामीले अरु खेलाडीसँग सट्टा गर्ने हिसाबले र विना खेलाडीको सट्टा पनि प्रस्ताव गरेका थियौं । तर मलाई लाग्छ पिएसजी कुनै पनि समयमा उनलाई बेच्ने मनस्थितिमा थिएन ।’
दुई वर्षअघि १ सय ९८ मिलियन पाउन्डको कीर्तिमानी रकममा पिएसजीले नेयमारलाई बार्सिलोनासँग किनेको थियो । नेयमार यो सिजन पिएसजी छाडेर बार्सिलोना जान चाहन्थे । तर यसपटक सम्झौता हुन सकेन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]