default_image

6 years ago

September 21, 2019

एएफसी यू १६ छनोटमा नेपालको अर्को लज्जास्पद हार

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपाली टोलीले अर्को लज्जास्पद हार बेहोरेको छ । जोर्डनमा जारी छनोटमा शुक्रबार नेपाली टोली ताजकिस्तानसँग ७–० ले पराजित भएको छ ।

 

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली टोली पहिलो हाफमै ४–० ले पछि परेको थियो । टोलीले दोस्रो हाफमा थप ३ गोलको सामना गर्नुपर्यो । ताजकिस्तानको छनोटमा यो लगातार तेस्रो जित हो ।

समूह ‘ए’को आफ्नो पहिलो खेलमा पनि नेपाली टोलीले जार्डनसँग ७–० को हार बेहोरेको थियो । दोस्रो खेलमा भने नेपाल र कुवेतले १–१ को बराबरी खेलेका थिए । प्रतियोगिताबाट बाहिरिएको नेपालले अन्तिम खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.