6 years ago
September 21, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले बर्नमाउथसँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति सेन्ट मेरिज स्टेडियममा भएको खेलमा बल पोजेसन राखेपनि साउथह्याम्टन घरेलु मैदानमै बर्नमाउथसँग ३–१ ले पराजित भएको हो ।
बर्नमाउथको जितमा नाथन एके, ह्यारी विल्सन र कलुम विल्सनले गोल गरे । घरेलु टोलीका जेम्स वार्डले एक गोल फर्काए । खेलको १९औं मिनेटमा नाथन एकेले डिएगो रिकोले गोल गर्दै पाहुना टोलीलाई शुरुवाती अग्रता दिलाए । ३५औं मिनेटमा फिलिप विलिङको पासमा ह्यारी विल्सनले गोल गरेपछि बर्नमाउथले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।
५३औं मिनेटमा जेम्स वार्डले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा कलुम विल्सनले गोल गर्दै बर्नमाउथलाई ३–१ को जित दिलाए ।
जितसँगै बर्नमाउथ ६ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । बर्नमाउथले ३ जित १ बराबरी र २ हार बेहोरेको छ । साउथह्याम्पटन ७ अंक जोडेर ११औं स्थानमा छ ।
अपराजित लिभरपुल शतप्रतिशत जित निकालेर ५ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । म्यानचेस्टर सिटी १० अंक जोडेर लिभरपुललाई पछ्याइरहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]