default_image

5 years ago

September 21, 2019

पहिचान फेरेको भुटानविरुद्ध नेपालको परीक्षा

सुबास हुमागाईं, काठमाडौं केहि वर्षअघिसम्म दक्षिण एसियाको फुटबलमा भुटान कमजोर टोली थियो । समय यस्तो पनि थियो, भुटानसँगको खेल पर्ने भएपछि विपक्षी टोली जित-हारको हिसाब हैन, गोलको हिसाब गन्न थाल्थे । तर समयसँगै विपक्षी टोलीको हेर्ने नजर बदलिएको छ । र त्यो बदलाव भुटानले पछिल्लो समय गरेको प्रगतिकै कारण भएको हो । विगतमा भुटानविरुद्ध गोल […]

41 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

केहि वर्षअघिसम्म दक्षिण एसियाको फुटबलमा भुटान कमजोर टोली थियो । समय यस्तो पनि थियो, भुटानसँगको खेल पर्ने भएपछि विपक्षी टोली जित-हारको हिसाब हैन, गोलको हिसाब गन्न थाल्थे । तर समयसँगै विपक्षी टोलीको हेर्ने नजर बदलिएको छ । र त्यो बदलाव भुटानले पछिल्लो समय गरेको प्रगतिकै कारण भएको हो ।

विगतमा भुटानविरुद्ध गोल गन्न तमतयार रहने टोली अहिले भुटानविरुद्ध खेल कसरी जित्ने भन्ने रणनीति कोर्न थालेका छन् । भुटान आफैं पनि विगत भन्दा फरक मनोआकांक्षा लिएर प्रतियोगितामा होमिने गरेको छ । विगतमा भुटानका प्रशिक्षक प्रतियोगितामा लक्ष्य के छ भन्ने प्रश्न गर्दा अनुभव बटुल्न र विपक्षी टोलीलाई कडा प्रतिस्पर्धा दिने लक्ष्य रहेको बताउँथे । अहिले त्यो फेरिएको छ ।

शुक्रबारदेखि राजधानीमा साफ यू-१८ फुटबल प्रतियोगिता सुरु भएको छ । नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र भुटान छन् भने समूह ‘बी’ मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् । उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा भुटानी प्रशिक्षकको अभिव्यक्ति सुन्दा प्रष्ट भयो, भुटान अब उही पुरानो भुटान रहेन । प्रतियोगितामा लक्ष्य के छ भन्ने प्रश्नमा प्रशिक्षक उग्यन दोर्जीको उत्तर थियो, ‘ अन्य टोलीझैं हामी पनि उपाधि जित्ने लक्ष्य लिएर नै आएका हौं । राम्रो प्रदर्शन गर्दै लक्ष्य प्राप्तिको आशा छ ।’ कप्तान तेन्जिङ नोर्बुले पनि बिना हिच्किचाहट आफ्नो प्रशिक्षककै अभिव्यक्तिलाई सघाउ पुर्याउँदै राम्रो तयारी रहेको प्रतिक्रिया दिए ।

प्रतियोगिताको अघिल्लो संस्करण आयोजना गरेको भुटानले त्यसबेला पहिलो खेलमा माल्दिभ्स र लगत्तै दुई दिनपछि साविक विजेता नेपाललाई स्तब्ध पारेको थियो । एक समय उपाधिमै दावेदारी प्रस्तुत गर्ने अवस्थामा रहेको भुटान त्यसपछि भने भारत र बंगलादेशसँग पराजित हुन् पुग्यो । घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गरेको भुटान अब नेपालमा त्यसैलाई दोहोर्याउन चाहन्छ ।

उमेर समूहको यू-१८ मात्र होइन, पछिल्लो समय भुटानले अन्य उमेर समूह र सिनियर टोलीको नतिजामा पनि सुधार गरेको छ । प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने मात्र नभएर नतिजामा पनि भुटानले विपक्षीलाई निराश बनाउन थालेको छ । भुटानको जितमा अब ‘विपक्षी स्तब्ध’ भन्ने दिन निकै कम देखिन थालेका छन् ।

सिनियर टोलीमा विश्वकप छनोटअन्तर्गत प्रारम्भिक प्लेअफमा घरेलु मैदानमा गुआमलाई १-० ले पराजित गरेपनि दोस्रो लेगमा ५-० हारेपछि दोस्रो चरण पुग्नबाट भुटान बन्चित भएको थियो । तर त्यसले, भुटानलाई रोक्ने छैन । उमेर समूहमा भुटानले निकै मिहिनेत गरेको छ । विभिन्न युवा र ग्रासरुट लक्षित परियोजना ल्याएर भुटानले अहिले उमेर समूहमा राम्रो नतिजा ल्याएको छ । प्रदर्शन निखारिंदै आएको छ । अब यसै मिहिनेतलाई निरन्तरता दिंदै आउने पिढी बलियो बनाउने लक्ष्य रहेको छ ।

नेपालले साफ यू-१८ को समूह अन्तर्गत दोस्रो खेलमा भुटानको सामना गर्दैछ । पहिलो खेलमा माल्दिभ्सविरुद्ध खेल अवधिभर दबाब कायम गर्दापनि नेपाल बराबरीमा रोकिएको थियो । खेलपछि प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाललाई ‘अभागी’ रहेको बताएका थिए । खेलको अन्त्यतिर नेपालको निरन्तर आक्रमणविरुद्ध माल्दिभ्सको डिफेन्डिङलाई स्वयं माल्दिभ्सकै प्रशिक्षकले पनि भाग्यमानी भएको स्वीकारेका थिए । तर यसक्रममा उनले भनेको एक पंक्तिले भने ठूलो अर्थ राख्छ, ‘ हो, हामी भाग्यमानी थियौं । तर हामीले भाग्य पाउन मिहिनेत पनि गरेका थियौं ।’

माल्दिभ्ससँग बराबरीबाट पन्छिन ‘अभागी’ ट्याग अहिलेको लागि पर्याप्त होला । तर फेरिएको भुटानविरुद्ध नेपालले राम्रो नतिजा ल्याउन सकेन भने उक्त बराबरी नेपालको लागि घातक बन्न सक्छ । नेपालका प्रशिक्षक श्रेष्ठले भुटानविरुद्ध सामान्य जित दर्ता गरेर मात्र पुग्दैन, समूहको अर्को नतिजाले शीर्षस्थान पनि धराप पर्न सक्छ । नेपालका लागि अर्को चरणमा पुग्न जित आवश्यक छ । भुटानले पनि जित दर्ता गरे एक खेल बाँकी रहँदै अर्को चरण पुग्नेछ । बराबरीमा सकिए अन्तिम खेलमा नतिजासँगै गोलअन्तरको रोमान्च थपिनेछ ।

यस उमेर समूहमा नेपालले पहिलो संस्करणमा भुटानविरुद्ध जित हासिल गर्दा विमल घर्तिमगरले ह्याट्रिक प्रहार गरेका थिए । उक्त ह्याट्रिकले विमलको चर्चालाई थप बढावा दिएको थियो । यसपटक ब्रिजेश चौधरी, मनिष डाँगी, शिशिर लेखीलगायत खेलाडीसँग नेपाललाई जितसम्म पुर्याउने मात्र हैन घरेलु समर्थकमाझ आफ्नो नाम बसाउने अवसर छ ।

यसमा जति खेलाडीको मिहिनेत महत्त्वपूर्ण छ त्यतिकै प्रशिक्षक चेतनारायणसँगै उनका सहायक सनोज श्रेष्ठ र छन्नुराम चौधरीको पनि । व्यवस्थापनमा केहि फरक प्रयोग गरेर पोखरामा बन्द प्रशिक्षण राखेको टोलीले अब मैदानमा प्रदर्शन गर्ने बेला आएको छ । भुटानविरुद्ध अनपेक्षित नतिजा आएमा नेपालको ह्याट्रिक गर्ने लक्ष्य गर्भमै तुहिने त छँदै छ । घरेलु मैदानमा राष्ट्रिय टोलीको जर्सीमा चम्कने केहि खेलाडीको आशा लामो समयका लागि अपुरो हुनेछ, अझ केहि खेलाडीको लागि त सदा सदाका लागि ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.