default_image

6 years ago

September 21, 2019

सिटीको ८ गोलमा सिल्भाको ह्याट्रिक

144 views

0 Bookmark

एजेन्सी – बर्नाडो सिल्भाले ह्याट्रिक पुरा गरेपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वाटफोर्डमाथि फराकिलो जित निकालेको छ । सिटीले घरेलु मैदानमा वाटफोर्डलाई ८–० को भारी अन्तरले पराजित गरेको हो ।

सिटीको फराकिलो जितमा सिल्भासँगै ६ खेलाडीले गोल गरे । सिल्भाले ह्याट्रिक पुरा गर्दा कप्तान डेभिड सिल्भा, सर्जियो अगुइरो, रियाद महारेज, निकोलस ओटामेन्डी र केभिन डि ब्रुयनले समान १–१ गोल गरे ।

एकपक्षीय र गोलको वर्षा भएको खेलमा सिटीले शुरुवाती १८ मिनेटभित्र नै ५ गोलको आरामदायी अग्रता लिएको थियो । दोस्रो हाफमा ३ गोल थपेको थियो ।

खेलको पहिलो मिनेटमा नै कप्तान सिल्भाले केभिन डि ब्रुयनको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सातौ मिनेटमा सर्जियो अगुइरोले पेनालटीमा गोल गर्दै अग्रता दोब्बर बनायो । १२औं मिनेटमा रिया महारेजले गोल गरे । १५औं मिनेटमा बर्नाडो सिल्भाले तथा १८औं मिनेटमा निकोलस ओटामेन्डीले गोल गरेपछि सिटीले १८ मिनेट भित्रै ५–० को आरामदायी अग्रता लिएको थियो ।

दोस्रो हाफको शुरुमै सिल्भाले व्यक्तिग दोस्रो गोल गरे । ६० औं मिनेटमा सिल्भाले ह्याट्रिक पुरा गर्दा सिटी खेलमा ७–० ले अघि बढ्यो । ८५औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई ८–० को फराकिलो जित दिलाए ।

जितसँगै सिटीले शीर्षस्थानमा रहेको लिभरपुलसँगको अंक दुरी ३ मा झारेको छ । सिटीको ६ खेलबाट १३ अंक रहँदा एक खेल कम खेलेको लिभरपुलको १५ अंक छ । पराजित वाटफोर्ड २ अंकसहित पुछारमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.