default_image

6 years ago

September 21, 2019

टोटेनहमलाई पराजित गर्दै लेस्टर तेस्रो स्थानमा उक्लियो

140 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर लेस्टर सिटीसँग स्तब्ध बनेको छ । टोटेनहम घरेलु टोली लेस्टर सिटीसँग २–१ ले स्तब्ध बनेको हो ।

टोटेनहमले घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा पराजित हुन पुगेको हो । लेस्टरका रिकार्डाे पिरेरा र जेम्स म्याडिसनले गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल गरे ।

किङ्स पावर स्टेडियममा टोटेनहमले खेलको २९औं मिनेटमा ह्यारी केनको गोलबाट अग्रता लिएको थियो । केनले ह्युङ मिन सङको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको टोटेनहमले दोस्रो हाफमा दुई गोल खादै पराजित हुन पुग्यो । लेस्टरले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै दुई गोल गर्न सफल भयो । ६९औं मिनेटमा रिकार्डाेले बराबरी गोल फर्काए । खल सकिन ५ मिनेट बाँकी रहँदा जेम्स म्याडिसनले गोल गर्दै टोटेनहमलाई २–१ ले स्तब्ध पारे ।

जितसँगै लेस्टर सिटी ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । लेस्टरको ६ खेलबाट ११ अंक छ । पराजित टोटेनहम ६ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

अन्य नतिजा
बर्नलीविरुद्ध नर्विच सिटी (–०)
एभर्टनविरुद्ध सेफ फिल्ड युनाइटेड (०–)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.