5 years ago
September 21, 2019
एजेन्सी – दोस्रो हाफमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ ।
घरेलु मैदानमा शनिबार राति भएका खेलमा युभेन्टसले हेलास भेरोनामाथि २–१ को कठिन जित निकालेको हो । युभेन्टसका आरोन राम्सी र रोनाल्डोले गोल गरे । भेरोनाका मिगुइल भेलोसोले गोल गरे ।
खेलको २०औं मिनेटमा घरेलु टोलीविरुद्ध भेरोनाका स्यामुइल डि कारमाइनले पेनाल्टी चुकाएका थिए । लगत्तै भेलोसोले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, भेरोनाको त्यो अग्रता लामो समय टिकेन । ३१औं मिनेटमा रोनाल्डोको पासमा आरोन राम्सीले बराबरी गोल फर्काए ।
४९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए । कोरे गन्टरले युभेन्टसका जुआन कोर्डाडोलाई लडाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डो चुकेनन् । त्यसपछि दुवै टोलीले गोलका प्रयासलाई सदुपयोग गर्न नसक्दा युभेन्टस २–१ ले विजयी हुदै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।
खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मारास कुम्वुला दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि भेरोना १० खेलाडीमा समेटिन पुगेको थियो । जितसँगै युभेन्टसले ४ खेलबाट १० अंक जोडेरको छ । पराजित भेरोना ४ अंक जोडेर १२औं स्थानमा छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]