default_image

5 years ago

September 22, 2019

बायर्नको फराकिलो जित, लाइप्जिग शीर्षस्थानमा

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फारकिलो जित निकालेको छ । घरेलु टोली बायर्नले १० खेलाडीमा समेटिएको कोलोग्नमाथि ४–० को फराकिलो जित निकालेको हो । बायर्नको फराकिलो जितमा फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा फिलिपे कौटिन्हो र इभान पेरिसिसले समान एक गोल गरे । एलिनाज एरिनामा खेलको तेस्रो मिनेटमा नै रोवर्ट लोवान्डोस्कीले जोसुवा […]

34 views

0 Bookmark

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फारकिलो जित निकालेको छ । घरेलु टोली बायर्नले १० खेलाडीमा समेटिएको कोलोग्नमाथि ४–० को फराकिलो जित निकालेको हो ।

बायर्नको फराकिलो जितमा फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा फिलिपे कौटिन्हो र इभान पेरिसिसले समान एक गोल गरे । एलिनाज एरिनामा खेलको तेस्रो मिनेटमा नै रोवर्ट लोवान्डोस्कीले जोसुवा किम्मिचको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० ले अघि बढाए ।

दोस्रो हाफमा बायर्नले ३ गोल गर्न सफल भयो ।  ४८औं मिनेटमा रोवर्टले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई सहज जिततर्फ अग्रसर गारए ।
५९औं मिनेटमा कोलोग्नीका किङ्सले इजिवु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बायर्नले त्यसको प्रत्यक्ष फाइदा उठायो ।

६२औं मिनेटमा फिलिपे कौटिन्होले गोल गरेपछि बायर्नले खेलमा ३–० को अग्रता लियो । कौटिन्होको बुन्डेस लिगामा पहिलो गोल हो । ७३औं मिनेटमा कौटिन्होको पासमा इभान पेरिसिसले गोल गर्दै बायर्नलाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै बायर्न ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित कोलोग्न ३ अंक जोडेर १६औं स्थानमा छ ।

यता, वेर्डर ब्रेमेनमाथि ३–० को सहज जित निकाल्दै आरबी लाइप्जिग बुन्डेस लिगाको शीर्षस्थानमा उक्लिएको छ । लाइप्जिग खेलको ६४औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

कोनराड लेइमेर दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएपनि त्यसले कुनै फरक परेन । लाइप्जिग ५ खेलबाट १३ अंक रहेको छ । पराजित ब्रेमेन ६ अंक जोडेर १०औं स्थानमा छ । लाइप्जिग जितमा विली उर्वान, मार्सेल सोविटजर र मार्सेलो साराचीले गोल गरे ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.