default_image

5 years ago

September 22, 2019

भुटानसँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै भुटान साफ यू-१८ च्याम्पियन्सिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा भएको खेलमा आयोजक नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भुटान पहिलो जितमै सेमिफाइनमा पुगेको हो । ३७ औं मिनेटमा बक्सभित्र हुलमुलकाबीच यसी दोर्जीले गोल गरेपछि नेपाल पहिलो हाफलमा १-० ले […]

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै भुटान साफ यू-१८ च्याम्पियन्सिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा भएको खेलमा आयोजक नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भुटान पहिलो जितमै सेमिफाइनमा पुगेको हो । ३७ औं मिनेटमा बक्सभित्र हुलमुलकाबीच यसी दोर्जीले गोल गरेपछि नेपाल पहिलो हाफलमा १-० ले पछि परेको थियो । दोस्रो हाफमा थप दुई गोल खादैै नेपाल पराजित भएको हो ।

८६ औं मिनेटमा केजाङ जिग्मेले पेनाल्टीमा गोल गर्दै भुटानलाई २-० ले अघि बढाए । विशाल बस्नेतले केजाङलाई लडाएपछि प्राप्त पेनाल्टीमा केजाङले नै गोल गरे । ९० नै मिनेटमा कर्मा सोनामको बक्स बाहिरबाट गोल गर्दै भुटानलाई ३-० को जित दिलाए ।

त्यसअघि ११ औं मिनेटमा लोडे वाङ्चुकको कर्नरमा डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेको बलमा किन्ले दोर्जेको प्रहार गोलरक्षक विशाल सुनारले बचाए । १९ औं मिनेटमा बर्मा सोनामको फितलो प्रहार बिशालले सहजै बचाएका थिए ।

२५ औं मिनेटमा ब्रिजेश चौधरीको पासमा शिशिर लेखीको क्रसमा मनिष डाँगीको हेडर भुटानी गोलरक्षकले बचाए । लगत्तै मनिषको क्रसमा ब्रिजेशको प्रहार डिफेन्डरबाट क्लियर गरिदिएका थिए । ३५ औं मिनेटमा ब्रिजेशको प्रहारलाई भुटानी गोलरक्षक तेन्जिङ दोर्जीले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा पाएको अर्को अवसरमा ब्रिजेशको प्रहार बाहिरियो ।

५०औं मिनेटमम शिशिर लेखीको पासमा नवीन गुरुङको प्रहार पोस्टबाट थोरै बाहिररिदा नेपाल बराबरीबाट चुक्यो ।

६७ औं मिनेटमा किन्ले दोर्जीको बक्सबाहिरको प्रहार पोस्टबाट थोरै आकासिदा भुटानले अग्रता दोब्बर पारेने मौका गुमायो । ६८ औं मिनेटमा मनिष थापाको क्रसमा कप्तान जया गुरुङले डाईभिङ हेड प्रयास गरेपनि भेट्टाउन सकेन। त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल पराजित हुन पुग्यो ।

योसँगै नेपालको सेमिफाइनलको संभावना झिनो बाँकी रहेको छ । समूहको अन्तिम खेलमा मंगलबार भुटानले माल्दिभ्सलाई ४ गोल भन्दा बढिको अन्तरले हराए नेपालको भाग्य चम्किँदै सेमिफाइनलमा पुग्ने छ । नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १(१ को बराबरीमा सकाएको थियो ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.