default_image

6 years ago

September 23, 2019

नेपोलीको प्रभावशाली जित

183 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा नेपोलीले प्रभावशाली जित निकालेको छ । घरेलु टोली लिसमाथि नेपोलीले ४–१ को प्रभावशाली जित निकालेको हो ।

आइतबार राति भएको खेलमा नेपोलीको प्रभावशाली जितमा फर्नान्डो लोरेन्टेले दुई तथा लोरेन्जे इनसिग्ने र फावियनले समान एक गोल गरे । घरेल टोलीका मार्काे मनकोसुले सान्त्वना गोल फर्काए ।

नेपोलीले खेलको २८औं मिनेटमा फर्नान्डो लोरेन्टेको गोलबाट अग्रता लिएको थियो । ४०औं मिनेटमा इनसिग्नेले गोल गर्दै नेपोलीलाई पहिलो हाफमा २–० ले अघि बढाए ।

५२औं मिनेटमा फावियनले गोल गर्दै नेपोलीलाई फराकिलो जिततर्फ अघि बढाए । ६१औं मिनेटमा मार्काेले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएपनि फर्नान्डो लोरेन्टले गोल गर्दै घरेलु टोलीलाई ४–१ को हार चखाए ।

जितसँगै नेपोली ४ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । लिस ३ अंक जोडेर १८औं स्थानमा छ ।

सिरी ‘ए’ को अन्य खेलको नतिजा
ससुलोविरुद्ध एसपाल (–०)
बोलोग्नाविरुद्ध रोमा (१–)
साम्पोडोरियाविरुद्ध टोरिनो (–०)
एटलान्टाविरुद्ध फियोरेन्टिना (२–२)
लाजियोविरुद्ध पर्मा (–०)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.