default_image

6 years ago

September 23, 2019

भुटानकै भरोसा

171 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

साफ यू-१८ च्याम्पियनसिप सुरु हुने पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठलाई एक प्रश्न सोधेको थिएँ । ‘सहज समूह छ, सेमिफाइनलमा एकैपटक भारत वा बंगलादेशसँग खेल्न पर्दा केहि कठिन होला कि ?’

प्रश्न सकिन नपाउँदै प्रशिक्षक श्रेष्ठले यस्तो जवाफ दिए, ‘एकदम राम्रो प्रश्न गर्नुभयो । सेमिफाइनलमा एकदम गाह्रो हुन्छ । चार ओटा टोली समान स्तरका हुनेछन् । हामीले आक्रमणमा बढी जोड दिएका छौं । त्यसैले आक्रमणमा मैले बुनेको योजना सेमिफाइनलमा सफल हुने हो भने गाह्रो हुने छैन ।‘ प्रशिक्षक श्रेष्ठले समूह चरणको खेललाई पत्रकार सम्मेलनभर गणना नै गरेनन् । उनको ध्यान थियो त मात्र सेमिफाइनलमा ।

प्रतियोगिता सुरु हुनुअघि लगातार दुई पटक उपाधि सँगै ह्याट्रिक गर्ने लक्ष्य, घरेलु मैदानको फाइदा अनि प्रशिक्षकको भनाइ मान्ने हो भने सहज समूह पनि । तर यो सबका बाबजुद साफ यू-१८ च्याम्पियनसिपको उपाधि दावेदार नेपाल समूह चरणबाटै बाहिरिने पहिलो टोली बन्ने संघारमा छ । पहिलो खेलमा माल्दिभ्ससँग बराबरीमा रोकिनुलाई प्रशिक्षक श्रेष्ठले टोली ‘अभागी’ रहेको बताएका थिए । भुटानविरुद्ध मौकाको सदुपयोग गर्दै अन्तिम चारमा प्रवेश गर्नेमा उनी विश्वस्त देखिन्थे । दोस्रो खेलमा फेरिएको भुटानविरुद्ध नेपालको परिक्षा सहज नहुने आंकलन थियो, र भयो त्यहि ।

आइतबार हल्चोकस्थित एपीएफ रंगशालामा भुटानविरुद्ध ३-० को लज्जास्पद पराजय बेहोरेसँगै नेपालको दोस्रो चरण पुग्ने सम्भावना झिनो अंकगणितीय सम्भावनामा टिक्न पुग्यो । नेपाललाई अर्को चरणमा पुग्न भुटानमाथि भरोसा गर्नुपरेको छ । भुटानले माल्दिभ्सलाई ४ गोलको अन्तरले पराजित गरे नेपाल सेमिफाइनलमा पुग्नेछ । त्यो सम्भावना यथार्थमा परिणत हुने सम्भावना कम छ । प्रशिक्षक श्रेष्ठ आफैं पनि नेपाल दोस्रो चरणमा पुग्ने सम्भावना देख्दैनन् ।

श्रेष्ठका लागि यस प्रतियोगिता आफूलाई सिद्ध पार्ने सुनौलो अवसर थियो । आफ्ना समकक्षी प्रशिक्षक अन्तर्राष्ट्रिय स्तरमा नतिजा ल्याइरहँदा अवसरको पर्खाइमा रहेका उनलाई यसपटक राम्रो मौका थियो । घरेलु मैदानमा पाएको अवसरले उनले उपयोग गर्न सकेनन् । अझ त्यसमाथि उनको केहि अभिव्यक्तिले उनको स्तरमाथि नै प्रश्न उठ्न थालेको छ । उनले गरेको टोली छनोटलाई लिएर पनि आलोचना भएको छ ।

प्रशिक्षक श्रेष्ठले भुटानविरुद्ध हारपछि आफूले सकेको प्रयास गर्दापनि नतिजा दिलाउन नसकेको स्वीकारे । उनले भुटानभन्दा निकै माथिको स्तरमा पुगिसकेको समेत बताए । एन्फा व्यवस्थापनबाट सबै किसिमको माग पूरा भएको बताउने उनले प्रतियोगिताको पूर्वसन्ध्यामा तयारीदेखि सन्तुष्ट भएको र समूह विजेता बन्दै सेमिफाइनल पुग्न कुनै कठिनाई नहुने बताएका थिए । तर प्रतियोगिता अगाडी बढ्दै जाँदा उनको तयारी फितलो देखिएको छ । व्यक्तिगत रुपमा क्षमतावन देखिएका खेलाडी एकतृत भएर खेल्न सकिरहेका छैनन् ।

दुई वर्षअघि यसै टोलीका अधिकांश खेलाडी सम्मिलित यू-१६ टोलीले भारतलाई कडा चुनौती दिएको थियो । साफ यू-१६ च्याम्पियनसिपमा भारतसँग पराजित भएको नेपालले एएफसी यू-१६ मा भने भारतलाई २-२ को बराबरीमा रोकेको थियो । उक्त प्रतियोगितामा नेपाल इराकसँग १-० र प्यालेस्टाइनसँग २-१ ले पराजित भएको थियो । ब्रिजेशले त्यसबेला नेपालका लागि प्रतियोगिताको ३ गोल नै गरेका थिए ।

जारि प्रतियोगितामा नेपालको आक्रमण सम्हाल्ने जिम्मवारी मनीष डाँगी र ब्रिजेशमाथि थियो । दुई साता मात्र साथमा प्रशिक्षण गरेका यी दुईबीच त तालमेल कमी थियो नै, अन्य मिडफिल्डका खेलाडी पनि मनीषको खेललाई ठम्याउन सकिरहेका थिएनन् । नेपालको विपक्षी हाफको फाइनल थर्डमा पोजेसन लगातार गुमिरहेको थियो । माल्दिभ्सविरुद्ध पोस्टमा केहि राम्रो प्रहार गरेको नेपाली आक्रमणले भुटानी गोलरक्षकलाई बिरलै खेलमा समस्या दियो ।

अब नेपालले अर्को महिना एएफसी यू-१९ च्याम्पियनसिपको छनोट चरण खेल्दैछ । उक्त प्रतियोगितामा नेपाल रहेको समूह ‘डी’ मा यूएई, इरान र किर्गीस्तान रहेका छन् । साफ च्याम्पियनसिपमा नै आफ्नो स्तरको टोलीविरुद्ध घरेलु मैदानमा निराशाजनक प्रदर्शन गरेपछि अब प्रशिक्षक श्रेष्ठमाथि दबाब थपिएको छ । उनी अब एक महिना टोलीले नियमित तयारी गरेर राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने बताउँछन् । अंकगणितीय सम्भावनामा भर नपरेका श्रेष्ठ अब यस प्रदर्शन बिर्सेर अगाडी बढ्ने मनस्थितिमा छन् । त्यसका लागि टोलीमा परिवर्तन हुने सम्भावना त छ नै, त्यसअघि एन्फाले नै प्रशिक्षक टोलीमा परिवर्तन गर्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.