6 years ago
September 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रोहिच चन्द सम्मिलित इन्डोनेसियाको पर्सिजा जकार्ताले शीर्ष डिभिजनको लिगमा सोमबार सफलता हासिल गरेको छ ।
यो सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेको रोहितको टोलीले सोमबार बारिटो पुतेरालाई १–० को झिनो अन्तरले हराएको थियो । ५५ औं मिनेटमा इन्डोनेसियाका हेरि सुसान्तोले गरेको गोल नै खेलको निर्णायक बन्यो । घरेलु मैदानमा प्राप्त सफलता पछि पर्सिजा अंक तालिकाको १३ औं स्थानमा उक्लेको छ ।
साविक विजेता समेत रहेको टोलीको १८ खेल सकिँदा ४ खेलमा मात्र जित हासिल गर्न सकेको छ । ८ खेलमा बराबरी गरेको रोहितको टोलीले ६ खेल गुमाइसकेको छ । अघिल्लो सिजन लिगका उत्कृष्ट खेलाडी रोहितले सोमबारको खेल पुरै समय खेलेका थिए ।
भदौ १९ गते चाइनिज ताइपेविरुद्धको विश्व कप छनोटको समूह चरण खेलेर रोहित सिधै इन्डोनेसिया गएका थिए । विश्व कप छनोटका लागि स्वदेश फर्कदा यसपटक टोलीका महत्वपूर्ण खेलाडी चोटग्रस्त रहेका कारण पनि लिगमा राम्रो खेल्न नसकेको बताएका थिए । उनले टोलीको प्रदर्शन कमजोर हुँदै जँदा दबाब पनि बढी अनुभव साटेका थिए ।
लिग १ मा १८ खेल सकिदा ४४ अंकका साथ बाली युनाइटेड शीर्षस्थानमा रहेको थियो । केहि दिन अघि रोहितको टोली बालीसँग पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]