default_image

5 years ago

September 25, 2019

रोनाल्डोविना युभेन्टसको कठिन जित

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोविनाको युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ । युभेन्टसले ब्रेसियाकै मैदानमा २–१ को कठिन जित निकालेको हो । ब्रेसियामा मंगलबार राति भएको खेलमा युभेन्टसले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । युभेन्टसको जितमा मिरालेम प्यानिचले गोल गरे । एक गोल उपहार पाएको थियो […]

27 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोविनाको युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ । युभेन्टसले ब्रेसियाकै मैदानमा २–१ को कठिन जित निकालेको हो ।

ब्रेसियामा मंगलबार राति भएको खेलमा युभेन्टसले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । युभेन्टसको जितमा मिरालेम प्यानिचले गोल गरे । एक गोल उपहार पाएको थियो । घरेलु टोलीका अल्फ्रेडो डोनाररुम्माले गोल गरे ।

रोनाल्डो मांशपेशी चोटका कारण ब्रेसियाविरुद्धको खेलमा उपस्थित रहेनन् । खेलको चौथो मिनेटमा नै अल्फ्रेडोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४०औं मिनेटमा जोन चान्सेलरले आत्मघाती गोल गरेपछि युभेन्टस खेलमा फर्किएको थियो ।

६३औं मिनेटमा मिरालेम प्यानिचले गोल गरेपछि युभेन्टस खेलमा अघि बढेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो । यसै खेलबाट सिरी ‘ए’ मा खेलेका मारिया बालाटेली युभेन्टसविरुद्ध मैदान उत्रिएपनि गोल गर्न सकेनन् । बालाटेली चार खेलको प्रतिबन्धपछि खेलमा फर्किएका थिए ।

जितसँगै युभेन्टस ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । युभेन्टसले एक खेल कम खेलेको इन्टर मिलानलाई एक अंकले पछि पारेको हो । पराजित ब्रेसिया ६ अंकसहति १२औं स्थानमा छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.