5 years ago
October 1, 2019
एजेन्सी – जापानी लेजेन्ड केइसुके होन्डाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने इच्छा व्यक्त गरेका छन् । होन्डाले सामाजिक संजाल ट्वीटरको माध्यमबाट म्यानचेस्टर युनाइटेडको आधिकारि ट्वीटर ह्यान्डलमा एक ट्वीट पठाएर खेल्ने इच्छा व्यक्त गरेका हुन् ।
३३ वर्षीय होन्डाले त्यहाँ (युनाइटेड) मा करारमा राख्दै एक मौका दिन अनुरोध गर्दै विना पारिश्रमिक पनि खेल्न तयार रहेको संकेत दिएका छन् । ‘मलाई एउटा प्रस्ताव दिनुहोस् । मलाई पैसा चाहिदैन । तर, मलाई ठुलो र महान टिमबाट स्टार खेलाडीहरुसँग जोडिदै खेल्ने इच्छा छ ।’ उनले ट्वीट गरेका छन् ।
चोटले पिरोलेको युनाइटेड अग्रपङ्तिका खेलाडीको खोजीमा रहेपनि होन्डाको यो प्रस्ताव असम्भव जस्तै छ । एन्थोनी मार्सियल, मार्कस रासफोर्ड र पल पोग्बा अहिले घाइते भएका छन् । रोमलु लुकाकु इन्टरमा र एलेक्सिस सान्चेजले लोनमा क्लब छाडिसकेका छन् । उनीहरुको विकल्पमा प्रशिक्षक ओले गनर सोल्सजायरले युवा खेलाडी मेसन ग्रीनवुडलाई मौका दिइरहेका छन् । मेसनले एस्ताना र रोचदालेविरुद्ध गोल गर्दै आफुलाई प्रमाणित गरिसकेका छन् ।
होन्डाले इंग्ल्यान्डको कुनैपनि टोलीबाट खेलेका छैनन् । अधिकांश समय रसियन क्लब सिएसके मस्कोमा (२००९–२०१४) बिताएका होन्डाले इटालियन क्लब एसी मिलानबाट २०१४–०१७) खेलेका छन् । त्यसपछि एक सिजन होन्डाले मेक्सिकन क्लब पचुकामा बिताएका थिए । होन्डा गत जुलाईपछि क्लबविहीन छन् । उनी जुलाइसम्म एल लिग मेलवर्न भिक्टोरीमा रहेका थिए ।
होन्डाले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरिसकेका छन् । २००८ देखि सिनियर टोलीमा रहेका उनले जापानका लागि ९८ खेलमा ३७ गोल गरेका छन् ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]