10 years ago
June 11, 2016
आयोजक फ्रान्सले युरो कपको सुरुवाती खेलमा रोमानिया बिरुद्ध २-१ को बिजयी नतिजा निकालेको छ । खेलको अन्तिम मिनेट तिर खेल बराबरी तिर लम्किदै गर्दा पाय़ेटको प्रभावशाली गोल ले ८०,००० घरेलु समर्थक लाई उचाल्न सफल भयो ।
पहिलो हाल्फ सम्म कुनै गोल नभएपनी आयोजक फ्रान्सले दोस्रो हाल्फको ५७ औ मिनेटमा पाय़ेटको क्रसमा ओलिभर जिरुडको हेडरमा अग्रता पायो ।
तर त्यो अग्रता ८ मिनेट भन्दा धेरै बेर सम्म टिक्न सकेन । प्याट्रीक एभ्राले गरेको डि बक्सको फोउलमा रोमानियाले पेनल्टी पायो । बोग्डान स्टान्सुले सजिलै पेनाल्टीमा गोल गर्दै रोमानियालाई खेलमा फर्काए ।
बराबर तिर ढल्किदै गरेको खेलमा वेस्ट ह्यामका स्टार डिमिट्री पाय़ेटले खेलको ८९ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाइ ३ अंक सुरक्षित गरे ।
हाइलाईट्स
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]