6 years ago
October 2, 2019
एजेन्सी – सर्जी जिनाब्रीको ह्याट्रिक सहयोगमा च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब टोटेनहम हस्टपरललाई लज्जास्पद हार चखाएको छ ।
बायर्नले घरेलु टोटेनहममाथि ७–२ को फराकिलो हार चखाएको हो । बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले ह्याट्रिकसहति ४ गोल गरे । रोवर्ट लेवान्डोस्कीले दुई तथा जोसुवा किम्मिचले १ गोल गरे । टोटेनहमका ह्युङ मिन सन र ह्यारी केनले गोल गरे ।
टोटेनहमले शुरुवाती अग्रता जोगाउन नसक्दा लज्जास्पद हार बेहोरेको हो । खेलको १२औं मिनेटमा सनको गोलबाट घरेलु टोली टोटेनहमले खेलमा शुरुवाती अग्रता लिएको थियो । त्यसको ३ मिनेटपछि जोसुवा किम्मिचले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी सममा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले पहिलो हाफमा २–१ अग्रता लिएको थियो ।
दोस्रो हाफमा बायर्नले ५ गोल थप्दा टोटेनहमले १ गोल गर्न मात्रै सफल भयो । दोस्रो हाफमा जिनाब्री चम्किए । बायर्र्नले उच्च प्रदर्शन गर्दा टोटेनहम निरिह बनेको थियो । ५३औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ३–१ को स्थितिमा पु¥याए । त्यसको दुई मिनेटपछि नै जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न ४–१ ले अघि बढ्यो ।
६१औं मिनेमा केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि टोटेनहम झनै निरिह बन्यो । ६ मिनेटको अन्तरमा बायर्नले ३ गोल गर्दै टोटेनहमलाई लज्जास्पद हार चखाए । ८३औं मिनेटमा विनाब्रीले ह्याट्रिक पुरा गरे । जिनाव्रीको गोल गर्ने क्रम अझै रोकिएन । ८७औं मिनेटमा अर्काे गोल गरे । ८८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाए ।
जितसँगै समुह ‘बी’ मा बायर्नले ६ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । टोटेनहम १ अंकसहित पुछारमा छ । यही समूहको अर्काे खेलमा सर्वियन रेड स्टार बेलग्रेडले ग्रीसको ओलम्पियाकोसलाई ३–१ ले पराजित गरेको छ । जितसँगै रेडस्टार ३ अंक जोडेर दोस्रो स्थानमा छ । १ अंकसहित रेडस्टार तेस्रो स्थानमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]