default_image

6 years ago

October 2, 2019

रियाल हारबाट जोगियो

113 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलमा बेल्जियन क्लब ब्रगसँग घरेलु मैदानमा हारबाट जोगिएको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा मंगलबार राति भएको खेलमा रियालले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै २–२ गोलको बराबरी खेलेको हो ।

रियालल पहिलो हाफमा २–० ले पछि परेपनि दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो । क्लब ब्रगका इमान्युल डेनिसले दुवै गोल गरेका थिए । रियालका कप्तान सर्जियो रामोस र क्यासमिरोले बराबरी गोल फर्काए ।

खेलको नवौं मिनेटमा डेनिसले पर्सी टाउको पासमा गोल गर्दा रियाल खेलमा पछि परेको थियो । ३९औं मिनेटमा डेनिसले नै व्यक्तिगत दोस्रो गोल गरेपछि रियाल पहिलो हाफमा नै २–० ले पछि परेको थियो ।

तर, दोस्रो हाफमा रियालले उच्च प्रदर्शनसहित गोल गर्न सफल भयो । पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवाको पेटमा समस्या आएपछि रियालले दोस्रो हाफमा अलफेन्सो एरोला मैदान प्रवेश गरेका थिए । पेटमा समस्याकै कारण कोर्टुवाले पहिलो हाफमा सोचेजस्तो प्रदर्शन गर्न सकेको थिएन ।

५५औं मिनेटमा करिम बेन्जेमाको पासमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियाललाई खेलमा फर्काउने संकेत दिए । ८४औं मिनेटमा ब्रगका रुड भोर्मर दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियालको आशा पलाएको थियो ।

लगत्तै टोनी क्रुसको पासमा क्यासमिरोले हेडमार्फत सुन्दर गोल गर्दै रियाललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो । बराबरीसँगै रियाल २ खेलबाट १ अंक जोडेर पुछारमा छ । क्लब ब्रग २ अंक जोडेर दोस्रो स्थानमा छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.