6 years ago
October 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र अष्ट्रेलियाबीच हुने विश्व कप छनोटअन्तर्गत समूह चरणको खेलको समय परिवर्तन भएको छ ।

यसअघि अष्ट्रेलियाको समय अनुसार दिउँसो ४ बजे सुरु हुने भनिएपनि नयाँ समय अनुसार अब रातको ८ बजे हुने भएको छ । अब नेपाली समयअनुसार खेल २:४५ बजे सुरु हुनेछ । नेपाल र अस्ट्रेलियाबीचको खेल असोज २३ गते क्यानबेरास्थित जियो स्टेडियममा हुने तय छ ।
नेपाली टोली सोही खेलका लागि बुधबार अस्ट्रेलिया प्रस्थान गरेको छ । नेपाली टोलीले सिड्नीस्थित प्राइभेट फुटबल एकेडेमीमा केहि दिन प्रशिक्षण गर्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । क्यानबेरामा हुने खेलका लागि नेपाली टोली दुई दिनअघि सिड्नीबाट त्यसतर्फ जानेछ ।
सिड्नीमा अस्ट्रेलियन नेपाली फुटबल संघको व्यवस्थापनमा नेपाली टोली बस्नेछ । अस्ट्रेलियासँग खेलको भोलिपल्ट असोज २४ गते नेपाली टोली जोर्डन प्रस्थान गर्नेछ । नेपाल र जोडर्नबीच असोज २८ गते खेल हुनेछ । त्यसपछि नेपाली टोली स्वदेश फर्कनेछ । एसियाको विश्व कप छनोटको समूह बीमा ५ मध्ये ४ टोली कुवेत, अस्ट्रेलिया, जोर्डन र नेपालको समान ३ अंक छ भने चाइनिज ताइपेइ अंक विहिन छ ।
गत महिना पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार बेहोरेको नेपालले अर्को खेलमा चाइनिज ताइपेलाई २–० ले उसैको मैदानमा हराएको थियो । चाइनिज ताइपे पहिलो खेलमा जोर्डनसँग २–१ ले पराजित भएको थियो । त्यस्तै अस्ट्रेलियाले कुवेतलाई ३–० ले हराएको थियो । अस्ट्रेलिया र जोर्डनले १ खेल खेलका छन् भने बाँकी ३ टोलीले समान २ खेल खेलिसकेका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]