6 years ago
October 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)-अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१९ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ । संघले बुधबार ‘ए’ डिभिजन क्लब रुसलन थ्री स्टारका समेत प्रशिक्षक रहेका मेघाज केसीलाई नियुक्त गरेको जानकारी गराएको छ ।
अब केसीले यू–१९ टोलीलाई एएफसी यू–१९ छनोटमा प्रशिक्षण दिनेछ । छनोट इरानमा नोभेम्वर ६ बाट शुरु हुदैछ । दुईपटककको च्याम्पियन नेपाल घरेलु मैदानमा एकसाताअघि सम्पन्न साफ यू–१८ फुटबल च्याम्पियनसिपमा खराब प्रदर्शनसहित समूह चरणबाट बाहिरएसँगै यु–१८ का प्रशिक्षक चेत नारायण श्रेष्ठले राजीनामा दिएपछि पद रिक्त रहेको थियो ।
रिक्त रहेको सहायक र गोलरक्षक प्रशिक्षक केही दिनमा टुङ्गोल लगाउने एन्फाका प्रवक्ता किरण राईले जानकारी गराए । यसअघि छिरिङ लोप्साङ गुरुङको नाम आएपनि त्यो आधिकारिक नरहेको र बुधबार मेघराजलाई मुख्य प्रशिक्षकमा नियुक्ति गरिएको प्रवक्ता राईले जानारी गराए ।
छनोटमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा आयोजक इरानसँगै युएईं, र किर्गिस्तान रहेका छन् । केसीले यसअघि राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका थिए । बेलायती प्रशिक्षक ग्राहम रोबर्टसले नेपाली फुटबल टोली सम्हाल्दा केसी उनका सहायक थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]