6 years ago
October 3, 2019
एजेन्सी – लुइस सुआरेजको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानमाथि जित निकालेको छ ।
घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो । बार्सिलोनाको जितमा दुवै गोल उरुग्वेयिन फरवार्ड सुआरेजले गरे । इन्टरमा लौटारे मार्टिनेजले एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै मार्टिनेजको गोलबाट घरेलु टोली बार्सिलोना पहिलो हाफमा १–० ले पछि परेको थियो । मार्टिनेजले एलेक्सिस साञ्चेजको पासमा गोल गरेका थिए । सुआरेजको गोलबाट बार्सिलोनाले ५८औं मिनेटमा खेललाई १–१ को बराबरीमा ल्यायो । उनले आर्टुरो भिडालको पासमा गोल गरे ।
खेल सकिन ६ मिनेट बाँकी रहँदा कप्तान लियोनल मेस्सीको पासमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी भयो । जितसँगै बार्सिलोना २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । इन्टर १ अंक जोडेर पुछारमा छ ।
यही समुहको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले चेक रिपब्लिक क्लब स्लाभिया प्रागमासथ २–० को सहज जित निकाल्यो । डर्टमन्डको लागि दुवै गोल आचरफ हाकिमीले गरे ।
जितसँगै डर्टमन्ड २ खेलबाट ४ अंक जोडेर समूह ‘एफ’ मा शीर्षस्थानमा रहेको छ । गोल अन्तरमा बार्सिलोना दोस्रो तथा पराजित स्लाभिया प्राग १ अंकसहित तेस्रो स्थानमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]