6 years ago
October 3, 2019
एजेन्सी – युइएफए च्याम्पिन्स लिग फुटबलमा रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्ग र फ्रेन्च लिग वान क्लब लियो विजयी भएका छन् । घरेलु टोली जेनिथले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को जित निकालेको हो ।
जेनिथको जितमा अर्टिम ज्युभा र सरदार अजमौनले गोल गरे । एक गोल उपहार पाएको थियो । बेन्फिकाका डि टोमासले सान्त्वना गोल फर्काए । घरेलु टोलीले खेलको २२औं मिनेटमा ज्युभाको गोलबाट अग्रता लिएको थियो । उनले मागोमेड ओज्डोइभको पासमा गोल गरे ।
पहिलो हाफमा १–० ले अग्रता लिएको जेनिथले दोस्रो हाफमा आत्मघाती गोलसहित दुई गोल गर्दा एक गोल बेहारेको थियो । ७०औं मिनेटमा रुवेन डियासले आत्मघाती गोल गरेपछि घरेलु टोली खेलमा २–० ले अघि बढेको थियो ।
त्यसको ८ मिनेटपछि सरदारले गोल गर्दै जेनिथलाई सहज जिततर्फ अघि बढाएका थिए । ८५औं मिनेटमा राहुलले गोल गरेपनि बेन्फिकालाई हारबाट जोगाउन सकेनन् । जितसँगै समुह ‘जी’ मा जेनिथ २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । बेन्फिका अंकविहीन हुदै पुछारमा छ ।
यही समूहको अर्को खेलमा लियोनले घरेलु टोली आरबी लेइप्लिजमाथि २–० को जित निकाल्यो । लियोनको जितमा मेम्फिस डिपे र मार्टिन टेररले गोल गरे । जितसँगै लियोन ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । लेइप्लिज ३ अंकसहित तेस्रो स्थानमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]