default_image

6 years ago

October 3, 2019

नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुलका अस्मिता आलेमगर इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएकी छन् । अस्मिता युइएफए वुमन्स यु–१९ च्याम्पियनसिपको छनोटको पहिलो चरणको लागि टोलीमा समेटिएकी हुन् ।

इंग्लिस क्लब एस्टन भिल्लाकी डिफेन्डर अस्मिताले अब इंग्ल्यान्डको युथ समूहबाट प्रतिनिधित्व गर्दै साइप्रस, बेलारुस र सर्वियासँग खेल्नेछन्।

अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएको उनको क्लब एस्टन भिल्लाले उल्लेख गरेको छ । पहिलो चरणको छनोट खेल सुरु भइसकेको छ ।

साइप्रसविरुद्ध ८–० को फराकिलो जित निकालेको खेलमा अस्मिता बेञ्चमै रहिन् । बेलायती पूर्वसेना अमृत आलेका १७ वर्षीय छोरी अस्मिताले इंग्ल्याण्डको यू–१६ टोलीबाटप्रतिनिधित्व गरिसकेकी छन् । अमृत  क्विन्स गोरखाका सैनिक हुन् ।उनीहरुको परिवार  इंग्ल्यान्डमा रहँदै आएका छन् ।

पहिलो चरणको छनोटमा युरोपका ४८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । इंग्ल्यान्ड समूह ‘के’ मा रहेको छ । छनोटका खेलहरु २ देखि ८ अक्टोवरसम्म बेलारुमा आयोजना भइरहेको छ ।

हरेक समूहका शीर्ष दुई टोली र उत्कृष्ट हुने तेस्रोका चार टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ । दोस्रो राउन्ड नोभेम्वरमा हुनेछ । यसबाट छनोट हुने टोलीले जर्जियामा जुलाई २०२० मा हुने युइएर्फ वुमन्स यु–२० मा सहभागिताको अवसर पाउनेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.