6 years ago
October 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रशिक्षक मेघराज केसीले आसन्न एएफसी यू१९ च्याम्पियनसिप २०२० को छनोटको लागि प्रारम्भिक चरणमा ४८ खेलाडीलाई बोलाएको छ ।
२४ असोजबाट शुरु हुने प्रशिक्षणका लागि मुख्य प्रशिक्षक केसीले बिहीबार सुरुमा ४८ खेलाडीलाई बोलाएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार मात्रै केसीलाई यू१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
इरानमा नोभेम्वर ६ देखि शुरु छनोटमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालरहेको समूहमा आयोजक इरानसँगै युएईं र किर्गिस्तान रहेका छन् ।
प्रारम्भिक टोली
ब्रिजेश चौधरी, सच्चु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी, शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, रन्जन पुन, आकाश बुढामगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा, बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, बिशाल बसन्त बस्नेत, एलिक रुम्वा, एन्जल महर्जन, बिशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना, अशिम भुषाल, बिकास खवास, कर्मा शेर्पा, बिशाल शाही, बिजय श्रेष्ठ, निराजन महर्जन, राम गुरुङ, युवेश थापामगर, महेश साह, राजीव लोप्चन, अनिल महर्जन, मौसम कार्की, मौसम सुब्बा, निसेन सुब्बा, रेजिन सुब्बा, दिनेश हेन्जन, दिपेश आलेमगर, र योगेश गुरुङ
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]