6 years ago
October 4, 2019
एजेन्सी – युवा फरवार्ड ग्याब्रियल मार्टिनेलीको दुई गोल सहयोगमा इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा प्रभावशाली जित दर्ता गरेको छ ।
घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले बेल्जियन क्लब स्टान्डर्ड लिएगमाथि ४–० को प्रभावशाली जित निकालेको हो । आर्सनलको जितमा १८ वर्षीय मार्टिनेलीले दुई गोल गर्नुका साथै एक गोललको लागि असिस्ट गरे । जोसेफ विललक र ड्यानियल सेवालसले समान १–१ गोल गरे ।
शुरुवाती २२ मिनेटभित्र आर्सनलले ३–० को अग्रता लिदा मार्टिनेलीले दुई गोल गरिसकेको थियो । खेलको १४औं मिनेटमा मार्टिनेलीले किरन टायरनेका पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको दुई मिनटपछि नै मार्टिनेलीले व्यक्तिगत दोस्रो गोल गरे । यसपटक मार्टिनेलीले रेइस नेल्सनको पासमा गोल गरेका थिए ।
२२औं मिनेटमा जोसेफ विललकले गोल गर्दा आसर्नल खेलमा ३–० ले अघि बढ्यो । ५७औं मिनेटमा मार्टिनेलीको पासमा ड्यानियल सेवालसले गोल गर्दै आर्सनललाई ४–० को प्रभावशाली जित दिलाए ।
जितसँगै आर्सनल समुह ‘एफ’ मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्टान्डर्ड ३ अंकसहति तेस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा जर्मन क्लब फ्रान्कफर्टले पोर्चुगलको भिक्टोरिया डि गुइमारेसलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ । जितसँगै फ्रान्कफर्ट २ खेलबाट ३ अंकसहति दोस्रो स्थानमा उक्लिएको छ । गुइमारेस अंकविहीन हुदै पुछारमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]