6 years ago
October 4, 2019
एजेन्सी – स्पेनिस क्लब सेभिल्लाले युइएफए युरोपा लिग फुटबलमा साँघरो जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सेभिल्लाले साइप्रसको अपोइल निकोसियामाथि १–० को झिनो अन्तरमा जित निकालेको हो ।
सेभिल्लाको जितमा एकमात्र गोल जेभियर हर्नान्डेजले गरे । उनले खेलको १७औं मिनेटमा गोल गरेका थिए । लगातार अपोइललाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा सेभिल्लाको जितमा हर्नान्डेजको गोल नै निर्णायक बन्यो ।
जितसँगै अपराजित रहेको सेभिल्लाले समूह ‘ए मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । परमजित अपोइल अंकविहीन हुदै पुछारमा छ ।
यही समूहको अर्काे खेलमा अजरवैजानको एफसी क्वारावागले एफ९१ डुडेलेन्जमागि ४–१ को सहज जित निकालेको छ । क्वारावागको जितमा अब्देल्लाह जौविर, मिचेल, रिचार्ड अल्मेइडा र डानी क्वीन्टानाले गोल गरे । एन्टोइन बर्नेरले एक गोल फर्काए । क्वारावाग ३ अंक जोडेर तेस्रो तथा डुडेलेन्ज ३ अंकसहित दोस्रो स्थानमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]