6 years ago
October 4, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड नेदरल्यान्डको एजेट अल्कामारसँग गोलरहित बराबरीमा रोकिएको छ । अल्कामारको मैदानमा बिहीबार राति भएको खेलमा इंग्लिस क्लब युनाइटेडले कुनैपन समय गतिलो आक्रमण बुन्नै सकेन ।
निकै नै निराशजनक बनेको खेलमा घरेलु टोलीले युनाइटेडलाई दवावमा राखेपनि गोल भने गर्न सकेन । बराबरीसँगै समूह ‘एल’ मा युनाइटेड ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अल्कामार २ अंकसहित तेस्रो स्थानमा छ । दुवै टोली अपराजित छ ।
यही समूहको अर्काे खेलमा सर्वियन पार्टीजान बियोग्राडले एफसी एस्तानमाथि २–१ के जित निकाल्यो । बियोग्राडको जितमा दुवै गोल उमार सदिकले गरे । एस्तानाका रुनर मारले एक गोल फर्काए । जितसँगै बियोग्राड ४ अंक जोडेर दोस्रो स्थानमा छ । अंकविहीन एस्तानमा पुछारमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]