default_image

6 years ago

October 4, 2019

‘आइएसएलले भारतीय फुटबललाई फाइदा पुगेको छ’-भाइचुङ

240 views

0 Bookmark

एजेन्सी– भारतीय फुटबलका सफल खेलाडी भाइचुङ भुटियाले इन्डियन सुपर लिग (आइसिएल) राष्ट्रिय फुटबल टोलीमा सकारात्मक प्रभाव पारेको बताएका छन् । उनले खेलाडीको मनोबल बढाउन मद्दत गरेको र त्यसले विश्व फुटबलमा भारतको प्रदर्शनमा सुधार भइरहेको उल्लेख गरेका छन् ।

भारतीय फुटबल टोलकिा पूर्व कप्तान भुटिया आफैले भने आइएसएल खेल्न पाएनन् । आइएसएल सुरु हुनुअघि नै उनले खेल जीवनबाट सन्यास लिएका थिए । उनको नजरमा देशको फुटबल विकासमा आइएसएलले मद्दत पुगेको छ । ‘मलाई लाग्छ आइएसएलले खेलाडीको मनोबल बढाएको छ । राम्रा खेलाडीसँग प्रतिस्पर्धा गर्दा त्यसले पक्कै खेलाडीको मनोबल बढाउछ ,’ उनले भने, ‘हाम्रा खेलाडीले विश्व कप छनोटमा ओमान र कतारविरुद्ध गरेको प्रदर्शनले पनि त्यसबाट पनि धेरै थाहा हुन्छ । ‘

उनको नजरमा खेलाडी शारीरिक रुपमा पहिलाको दाजोमा उच्च मनोबलमा रहेको उनको बुझाई छ । त्यसको कारण पनि उनी आइएसएल नै मान्छन् । ‘अहिले हाम्रा खेलाडी स्तरीय खेलाडीसँग अभ्यास गर्छन् र खेल्छन्,’  उनले थपे, ‘त्यसले पक्कै पनि धेरै कुरा सिक्न र अनुभव बटुल्न मद्दत गरेको छ ।’ विश्व कप छनोट अन्तर्गत भारत र बंगलादेशविरुद्ध अक्टोबर १५ मा कोलकातामा प्रतिस्पर्धा हुँदैछ । अहिले टोली त्यहि खेलको तयारीमा छुटेको छ । विदेशी प्रशिक्षकका कारण पनि टोलीमा सकारात्मक प्रभाव परिरहेको उनी मान्छन् ।

‘आइएसएललेका कारण खेलाडीको आत्म विश्वास बढेको छ । टोलीको प्रदर्शनमा सुधारमा हुनमा अन्य कारण पनि छन् । त्यसमध्ये अनुभवी प्रशिक्षक पनि एक हो । जसका कारण टोलीको टेक्निकल पाटोमा निकै सुधार छ,’ भुटियाले थपे, ‘यसअघि स्टेफन कन्स्टाइन्ट र अहिले इगोर स्टिमाको प्रशिक्षण टोली छ । खेलाडीको प्राविधिक पक्ष र खेल्ने तरिकामा पनि परिवर्तन भएको छ । समग्रतामा मैदानमा खेलाडीको प्रदर्शनमा सुधार भएको छ ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.