6 years ago
October 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा आयोजना हुने महिला साफ यू १५ च्याम्पियनसिपमा भाग लिने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेको छ । च्याम्पियनसिप असोज २२ गते देखि २८ गते सम्म आयोजना हुनेछ । नेपाली टोली असोज २० गते त्यसतर्फ जानेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार एन्फाले ३१ सदस्यीय टोलीको विदाई गरेको थियो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, मनार्थ उपाध्यक्ष शिक्षित पराजुली, महिला संघ र कमिसनका पदाधिकारीले विदाई गरे । सात दिन सम्म चल्ने प्रतियोगितामा नेपाल सहित चार देशको सहभागिता रहनेछ ।
नेपाल, आयोजक भुटान, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले असोज २२ गते भारतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपालले त्यसको दुई दिन पछि आयोजक टोलीको सामना गर्नेछ ।
नेपाली टोली
खेलाडी – मन्दिरा राई, पुष्पा गुरुङ, अमिषा कार्की, सुरक्षा सुखरिया, निकिता थोकर, मनमाया दमाई, ममता पुन, अनु राई, मनिषा राउत, कुमारी तामाङ, सुनकला राई, लिला जोशी, देब्या मगर, प्रतिक्षा चौधरी, मञ्जुकुमारी खड्का अष्मिता रानापाल, सुष्मा घर्तिमगर, सविना चौधरी, सावित्री किसन, पुजना थापा, प्रिति राई, सरु हमाल र सरा बज्राचार्य ।
प्रशिक्षक टोली – राकेश श्रेष्ठ (मुख्य), भगवती थापा (सहायक) , मिनबहादुर बस्नेत (गोलकिपर प्रशिक्षक)
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]