6 years ago
October 4, 2019
एजेन्सी– चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले आफ्नो टोलीका फरवार्ड टामी अब्राहमले अन्तर्राष्ट्रिय स्तरमा पनि आफुलाई प्रमाणित गर्ने विश्वास लिएका छन् । अब्राहम दुई वर्षयता पहिलो पटक इंग्ल्यान्ड टोलीमा समावेश भएका छन् ।
चेल्सीबाट यो सिजन दमदार सुरुवात गरेका अब्राहम चेक रिपब्लिक र बुल्गेरियाविरुद्ध हुने युरोपियन छनोटका खेलमा गेराथ साउथगेटको रोजाईमा पर्न सफल भएका हुन् । २२ वर्षे फरवार्डले दुई वर्षअघि जर्मनीविरुद्ध डेब्यू गरेका थिए । डेब्यूको चार दिन पछि ब्राजिलविरुद्धको खेलमा उनी परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।
बुधबार अब्राहमले च्याम्पियन्स लिगमा पहिलो गोल गरे । यो सिजनमा त्यो उनको आठौं गोल थियो । अब्राहमले यो सिजनमा गरेको सुरुवातले लाम्पार्ड उनीले आउने दिनमा अझै राम्रो गर्नेमा आशावादी छन् । ‘म एकदम खुसी छु । मलाई लाग्छ उनी राष्ट्रिय टोलीका हकदार हुन्,’ लाम्पार्डले थपे, ‘उनले हाम्रा लागि नियमित रुपमा रुपमा गोल गरिरहेका छन् । सबैलाई थाहा छ उनी राम्रो लयमा छन् । यो उनको स्वभाविक रुपमा आएको सुधार हो ।’
लाम्पार्डले अब्राहमले क्रमिक रुपमा आफ्नो प्रदर्शनमा सुधार ल्याइरहेको र गोल गरिरहेको उल्लेख गर्दै आफु उनलाई धेरै दबाब दिने पक्षमा नरहेको बताए । च्याम्पियन्स लिगमा दुई गोल गरेका अब्राहमले प्रिमियर लिगमा पनि त्यसको निरन्तरता दिनेमा लाम्पार्ड विश्वस्त छन् ।
‘उनको प्रदर्शनको निरन्तरता चाहान्छु र उनीले चेल्सीका लागि बढी भन्दा बढी गोल गरुन् । त्यस्तै जब उनी इंग्ल्यान्डका लागि खेल्छन् स्वभाविक छ उनले त्यहाँ पनि गोल गर्नेछन्,’ लाम्पार्डले भने, ‘यो उनको अर्को कदम हो । मलाई विश्वास छ यो चुनौतिलाई उनले अवसरका रुपमा लिनेछन् र इल्यान्डाका लागि गोल गर्नेछन् । ‘
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]