default_image

5 years ago

October 5, 2019

स्पेनको टोलीमा काजोर्लासहित ३ नयाँ खेलाडी

एजेन्सी – स्पेनिस राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रोबर्ट मोरेनोले युरो २०२२ को छनोट अन्तर्गत नर्वे र स्विडेनविरुद्ध खेलका लागि टोली घोषणा गरेका छन् । उनले टोलीमा ३ नयाँ खेलाडीलाई मौका दिएका छन् । टोलीमा सर्जियो रेगुलियोन, पाउ टोरेस र जेरार्ड मोरेनो पहिलो पटक स्थान बनाउन सफल भएका छन् । मोरेनोले १६ वर्षीय बार्सिलोना सुपरस्टार अन्सु […]

42 views

0 Bookmark

एजेन्सी – स्पेनिस राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रोबर्ट मोरेनोले युरो २०२२ को छनोट अन्तर्गत नर्वे र स्विडेनविरुद्ध खेलका लागि टोली घोषणा गरेका छन् । उनले टोलीमा ३ नयाँ खेलाडीलाई मौका दिएका छन् ।

टोलीमा सर्जियो रेगुलियोन, पाउ टोरेस र जेरार्ड मोरेनो पहिलो पटक स्थान बनाउन सफल भएका छन् । मोरेनोले १६ वर्षीय बार्सिलोना सुपरस्टार अन्सु फातीलाई टोलीमा समेट्ने प्रयास गरेपनि फिफाको स्वीकृति प्राप्त नभएकाले प्रतिक्षा गर्नुपरेको हो । फातीले गत महिना स्पेनको नागरिकता लिएपनि फिफाबाट भने स्वीकृति आउन बाँकी रहेको हो ।

भिल्लारियलका लागि जारि सिजन ६ गोल गरिसकेका मोरेनोसँगै उनकै सहकर्मी डिफेन्डर पाउ टोरेस पनि टोलीमा समेटिएका हुन् । यी दुईसँगै सान्टि काजोर्लाले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । उनी चोटका कारण लामो समयदेखि मैदानबाहिर रहेपनि लिगमा उत्कृष्ट पुनरागमन गरेपछि टोलीमा फर्किएका हुन् ।

युरो छनोटको समूह एफ मा स्पेनले सुरुवाती ६ खेल नै जितेको छ । स्पेनले अक्टोबर १२ मा नर्वे र अक्टोबर १५ मा स्विडेनमा हुने खेल जिते अर्को संस्करणका लागि छनोट पक्का गर्नेछ । यसअघि भएको खेलमा स्पेनले नर्वेलाई २-१ र स्विडेनलाई ३-० ले पराजित गरेको थियो ।

स्पेनको पूर्ण टोली :

गोलरक्षक : डेविड डे हेया, केपा अर्रिजाबलागा, पाउ लोपेज

डिफेन्डर : ड्यानी कर्भाजल, जेसस नाभास, सर्जियो रामोस, डिएगो लोरेन्टे, सर्जियो रेगुलियोन, राउल आल्बियोल, पाउ टोरेस, जुआन बर्नाट, इनिगो मार्टिनेज

मिडफिल्डर : रोड्री, ड्यानी सेबालोस, सान्टि काजोर्ला, पाब्लो साराबिया, सर्जियो बुस्केट्स, लुइस अल्बर्टो, थियागो आलाकान्ट्रा, साउल निगुएज, फाबियन रुइज

फरवार्ड : जेरार्ड मोरेनो, मिके ओयारजबल, रोड्रीगो मोरेनो

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.