default_image

6 years ago

October 7, 2019

युभेन्ट्सको जितमा हिगुइनको गोल निर्णायक

144 views

0 Bookmark

एजेन्सी – गोन्जालो हिगुइनको निर्णायक गोलमा इटालियन सिरि एमा आइतबार राती युभेन्ट्सले इन्टर मिलानलाई २ –१ ले हराएको छ । जितपछि युभेन्ट्स शीर्षस्थानमा उक्लेको छ ।

पाउलो डिबालाको गोलमा चौथो मिनटमा साविक विजेता युभेन्ट्सले खेलमा अग्रता लिएको थियो । १८ औं मिनेटमा इन्टरले खेललाई बराबरीमा पुर्यो । लाउटोरो मार्टिनेजले पेनाल्टीमा प्राप्त अवसरलाई गोलमा परिणत गर्दै खेललाई बराबरीमा लगेका थिए ।

बराबरीतर्फ उन्मुख खेलको १० मिनेट बाँकी रहँदा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका हिगुइनले गोल गरे र टोलीलाई महत्वपुर्ण जित दिलाए । युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पनि पुरा समय खेलेका थिए ।

डिबालाले गोल गरेको ५ मिनेटपछि रोनाल्डोले गोलअन्तरलाई दोब्बर पार्ने मौका पाएका थिए। तर उनको प्रहार क्रसबारमा लाग्यो । पहिलो हाफको अन्त्यतिर रोनाल्डोले गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड लिए ।  ७ खेलमा युभेन्ट्सको १९ अंक पुगेको छ । १८ अंकको इन्टर दोस्रो स्थानमा झरेको छ ।

 

सिरि ‘ए’मा आइतबारका अन्य खेल

-गिनाओ १ – २ एसी मिलान

फियोरेन्टिना १ –० युडिनेसी

-रोमा १ –१ काग्लियरी

एट्लान्टा ३ – १ लिसे

-बोलोग्ना २–२ लाजियो

-टोरिनो ० –० नेपोली

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.